‘श्रीमानबाट रोग सर्‍यो ’


प्रकाशित मिति :2015-11-13 09:00:11

खेमा बस्नेत
धनगढी, कात्तिक २७। धनगढी उपमहानगरपालिका १२ बस्ने लक्ष्मी सिलवाल एकल महिला हुन् । भारतको पंजावमा मजदुरी गर्दै आएका श्रीमानको मृत्यु पश्चात् उनी ५ छोराछोरीसंगै बस्दै आएकी छिन् ।

श्रीमान हुँदा लक्ष्मीलाई अहिलेको जस्तो मजदुरी गरिराख्नु पर्ने अवस्था थिएन् । श्रीमान कमाउने भएपछि घर व्यवहार चलाउनु उनको एकमात्र जिम्मेवारी थियो । खेती लगाएपछि कहिले काही श्रीमानसंगै भारत पनि जाने गर्थिन् ।यसपटक पनि लक्ष्मी श्रीमानसंग भारतको पंजाव गएकी थिइन् । उनी त्यहाँ जादा श्रीमान विरामी थिए । लामो समयदेखि उपचारगर्दा उनका श्रीमानलाई ठीक भएन, मृत्यु भयो ।मृत्युपश्चात् विदेशी भूमिमा पुरुषको भूमिका निभाउन लक्ष्मीलाई समस्या भयो । उनी छोराछोरी ल्याएर नेपाल फर्किन् । आफ्नो घर जुगेडामा ।

श्रीमान वितेको केही समयपछि लक्ष्मीलाई पनि श्रीमान विरामी हुँदाको जस्तो लक्षण देखिन थाल्यो । यद्यपी श्रीमानको के कारणले मृत्यु भएको हो भन्ने उनी अनविज्ञ थिइन् । निरक्षर महिलालाई विरामी परेर मृत्यु भयो भन्ने बाहेक अरु कारण कसरी थाहा हुनु ?

रोगले च्याप्दै गएपछि लक्ष्मीले कर्जो काढेर सेती अञ्चल अस्पतलामा स्वास्थ्य चेकजाँच गरिन् । चिकित्सकले रिपोर्ट दिएपछि लक्ष्मीले वल्ल पोे थाहा पाइन्, आफूलाई एचआईभी एड्स लागेको रहेछ । आफूलाई एड्स लागेको थाहा पाएपछि लक्ष्मी छाँगाबाट खसे जस्तै भइन् ।
‘एड्स लागेको भन्ने बित्तिकै म छाँगाबाट खसेजस्तै भएँ, यतिवेला पनि निराश हुँदै लक्ष्मीले भनिन् ‘बल्ल पो थाहा पाएँ मेरो श्रीमान पनि यसै कारणले ढलेका रहेछन् ।’

लक्ष्मीले कल्पना नै नगरेको रोग देखिएपछि आफ्ना सन्तानमा पनि चेकजाँच गराइन् । ५ सन्तानमध्ये २ जनमा एचआईभी संक्रमण भेटिएपछि उनी पक्का भइन्, ‘श्रीमानको कारण आफूहरूलाई एड्सले समात्यो ।’ आफू सहित १ छोरी २ छोरामा एचआईभी देखिएको लक्ष्मीले बताइन् । जेठा छोरा र कान्छी छोरीमा भने देखिएको छैन, उनले भनिन् । एचआइभी संक्रमितले ३ वर्षदेखि औषधी खाईरहेको उनले बताइन् ।

श्रीमानलाई एचआईभी भएको सयममा थाहा पाएको भए आफूहरूले एड्सको सामाना गर्नु नपर्ने लक्ष्मी बताउँछिन् । श्रीमानले आफू मरेर परिवारमाथि अभिसाप छोडेर गएको उनी बताउँछिन् ।‘श्रीमानले आफूलाई लागेको रोगबारे मलाई भनेको भए हामी संक्रमणबाट बच्थ्यौ’ लक्ष्मीले भनिन्, ‘जिउँदो छँदा थाहा भएन मरेपछि भएर के गर्नु हामी पनि रोगी भयौं ।’

एचआईभी संक्रमित हुँदा आफूहरू समाजबाट हेपिनु परेको लक्ष्मीको गुनासो छ । समाजमा उनका छोराछोरीलाई खेल्न पाउँदैनन् । अर्थात् उनका छोराछोरीसंग खेल्न अरू चाँहदैनन् । ‘अरू केटाकेटीबाट एड्स लागेको भनेर मेरा छोराछोरीलाई विभेद गर्छन्’ लक्ष्मीले भनिन् ।
लक्ष्मी समाजबाट अपहेलित महसुस गर्न थालेकी छिन् । उनी मजदुरी गरेर जिवीका चलाउँदै आएकी छिन् । छोराछोरीको पठनपाठनको लागि पनि समस्या भएको उनको दुःखेसो छ । उनका सन्तानलाई खेल्दा खाँदा अरूले एचआईभी लागेको भन्दैसँगै खेल्न नदिने गर्ने गरेको उनी बताउँछिन् ।

त्यस्तै लक्ष्मीको जस्तै पीडा पशुपति नेपालीको पनि छ । उनले पनि श्रीमानलाई बचाउन २२ दिनसम्म सेती अञ्चल अपतालमा उपचार गराइन् । तर, कुनै औषधी नचलेर उनको त्यही मृत्यु भयो ।

श्रीमान बितेको एक वर्षपछि पशुपति पनि विरामी हुन थालिन् । चेकजाँच गराउँदा एचआईभी एड्स भएको थाहा पाइन् । यसअघि श्रीमान विरामी भएर भारतबाट घर आउँदा उनलाई एड्स रोगबारे समेत थाहा थिएन् । त्यसैले श्रीमानप्रति कुनै संक्रमणको संका नभएको उनी बताउँछिन् । श्रीमानको मृत्युपछि आफूलाई रोग देखिएपछि श्रीमान एचआइभी एड्सकै कारण मरेको थाहा पाएको उनी बताउँछिन् ।

‘मलाई रोग देखिनु अघिसम्म एड्सबारे केही थाहा थिएन । श्रीमानको मृत्युमा पनि संका गरिएन’ उनले भनिन् ‘उनको मृत्यु पश्चात मलाई एचआईभीको संक्रमण देखिएपछि एचआईभी भएको थाहा पाए ।’

श्रीमानबाट पशुपतिमा मात्रै एचआईभी एड्स सरेको छैन् । उनका सन्तानमा पनि एचआईभी देखिएको उनले बताइन् ।
पशुपतिले पनि श्रीमानको रोग समयमा थाहा पाएको भए आफू र सन्तानको जीवन रोगी नहुँने बताइन् । श्रीमान आफू मरेर परिवारलाई रोगी बनाएर गएको उनको भनाई छ । चार सन्तानकी आमा पशुपति श्रीमानको निधनपछि मजदुरी गरी पेट पालिरहेकी छिन् ।

त्यसैगरी सोही ठाउँ बस्ने कल्पना भण्डारीको अवस्था झन कहाली लाग्दो छ । उनका छोराछोरीले विद्यालय समेत जान पाएका छैनन् । तीन छोराछारीकी आमा कल्पना यो अवस्था श्रीमानको निधनपछि भएको बताउँछिन् ।कल्पनालाई ४ वर्षअघि देखि एचआईभी संक्रमण भएको छ । उनी एचआईभी संक्रमित भएकै कारण उनका सन्तानले मौलिक हक समेत गुमाउनु परेको उनको गुनासो छ ।

‘छोराछोरीलाई विद्यालय पठाउन सकिएको छैन्’उनले भनिन् ‘मेरा छोराछोरी खेल्न जाँदा अरू जाँदैनन्, संगै खेल्न मान्दैनन् ।’
श्रीमानको मृत्युपछि आफूलाई चेकजाच गराउँदा एचआईभी संक्रमण देखिएको भण्डारीले बताइन् । उनका श्रीमानको लामो विरारपछि उपचारका क्रममा  मृत्यु भएको थियो ।

एकल महिलाको खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था फियान नेपालका क्षेत्रीय कार्यालय नेपालगन्जले कैलालीको जुगेडामा गरेको अनुसन्धानले एचआईभी लागेर श्रीमान बितेपछि एकल महिला र उनका सन्तान शिक्षा, स्वास्थवाट बञ्चित हुनुपरेको तथ्य देखाएको छ । करिब दुई महिना लामो अनुसन्धानबाट यो अवस्था देखिएको क्षेत्रीय कार्यक्रम सयोजक सुरेश गौतमले बताए ।

‘कैलालीको जुगेडामा २ महिना गरेको अनुसन्धानमा एचआइभी लागेर श्रीमान वितेपछि एकल महिला र उनका सन्तान शिक्षा,स्वास्थवाट बन्चित भएको देखिएको छ’ क्षेत्रीय कार्यक्रम सयोजक सुरेश गौतमले भने ।

उनले  त्यहाँको अवस्था सुधार कसरी गर्ने सकिन्छ भनेर विभिन्न संघसस्था सग समन्वय गर्ने कोसिस गरिरहेको समेत बताए ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम क्षेत्रीय संयोजक मोहनदेव शर्माले राज्यका सेवासुविधाका बारेमा जानकार नहुँदा प्रभावित महिला अधिकारवाट बन्चित भएको बताउँछन् ।

प्रकाशित मिति: २०१५ कात्तिक २७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: