महिला खबर
नवलपरासी, कात्तिक २८ । नवलपरासीको कावासोती नगरपालिकाको सामर्थ्य टोलका आमा समूहको पहलमा टोल उज्यालो भएको छ ।
सामर्थ्य आमा समूहले कावासोती नगरपालिका–२ मा रहेका १८ वटा विजुलीका खम्बामा बत्ती जोडेपछि टोल उज्यालो भएको हो ।
सडक बत्ती नहुँदा राति हिँड्न समस्या हुने तथा चोरी हुन सक्ने भएकाले टोलमा बत्ती जडान गरिएको समूहकी अध्यक्ष पवित्रा पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार समूहमा रहेका महिलाले मासिक रुपमा बचत गरेको रकम तथा समूहमा आबद्ध नभएका घरबाट प्रतिघर एक हजार रुपैयाँ सङ्कलन गरी बत्ती जडान गरिएको हो ।
प्रत्येक खम्बामा रहेको बत्ती त्यसको आसपासमा रहेका घरले रेखदेख तथा मासिक रुपमा खपत हुने विद्युत् खर्च व्यहोर्ने गरी टोलमा विद्युत् बत्ती जडान गरिएको हो ।
करिब रु ३० हजारको लागतमा टोलमा रहेका १८ वटा विजुलीका खम्बामा बत्ती जडान गरिएको हो ।
प्रकाशित मितिः २०७२ कात्तिक २८ गते शनिवार
Comment Here!