सञ्जिला तामाङ
रामेछाप, कात्तिक २८ । रामेछापको प्रिति गाविसमा एक जनाले आप्mनै पत्नीमाथि छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । प्रिति गाविसका ३५ वर्षीय तुलसीराम खुलालले विहीबार राति पत्नी २४ वर्षीया सुशिला तामाङ खुलाललाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।
स्थानीय मानबहादुर खत्रीले दिएको जानकारी अनुसार बिहीवार राती परिवारमा विवाद भएपछि उनी खुकुरी र छुरा लिएर परिवारका सदस्यमाथि आक्रमण गरेका थिए । उनले हतियार लिएर आक्रमण गर्न आएपछि उनका बाबुआमा राती नै भागरे प्रहरी चौकी प्रिति पुगेका थिए ।
शुक्रबार विहान प्रहरी सहित बाबुआमा घरमा पुग्दा उनले पत्नीलाई अनुहारमा विभिन्न ठाउँमा छुरा प्रहार गरी वेहोस् बनाए भागेका थिए । उनीसँगै रहेकी उनकी १४ महिनाकी छोरी रातभर रुँदा वेहोस भए की थिइन् ।
घाइते तामाङको वेहोस् अवस्थामा नै स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ । खुलाललाई प्रहरीले शुक्रबार दिउँसो गाउँमा पीङ खेली रहेको ठाउँबाट पक्राउ गरेको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक २८ गते शनिवार
Comment Here!