महिला खबर
एजेन्सी, कात्तिक २९ । इरान सरकारले पुरुषले खेल्ने भलिबल तथा अन्य खेलहरु हेर्न महिलालाई प्रतिबन्ध लगाएको छ ।
१९८० देखि इरान सरकारले महिलालाई पुरुषले खेल्ने भलिबल हेर्नबाट प्रतिबन्धित गर्दै आएको छ र फिफाले पनि यस्तो विभेद विरुद्ध बोलेको छैन ।
२०१६ फेब्रउरीमा हुने भलिबल वर्ल्ड टुर्नामेन्टको उद्घाटन समारोहको जिम्मा इरानलाई दिएको छ । इरानको यस्तो विभेदपूर्ण नीति एफआईभिबिको मूल सिद्धान्त र नियम विपरीत रहेको छ ।
यस्तो गर्नु मानव अधिकारको ठूलो उल्लङ्घन भएको भन्दै इरानका महिला एक दशक देखि स्टेडियममा खेलकुद हेर्न पाउने अधिकारको लागि संघर्ष गरिरहेका छन् ।
खेल हेर्न पाउनु पर्छ भन्दै स्टेडियम बाहिर पुगेका महिलालाई त्यहाँको सरकारले जेल समेत हाल्ने गरेको छ ।
महिलामाथि गरिएको विभिदका बिरुद्ध एफआईभिबि र इरान सरकारलाई दबाब दिन मानव अधिकार आयोगले वाच फर वीमेन क्यामपेन सुरु गरेको छ।
प्रकाशित मिति :२०७२ कत्तिक २९ गते आइतवार
Comment Here!