बालआश्रमको भाइटीका


प्रकाशित मिति :2015-11-15 16:19:33

महिला खबर

धरानस्थित सरस्वती बालआश्रमका बालबालिका

धरानस्थित सरस्वती बालआश्रमका बालबालिका

सुनसरी, कात्तिक २९ ।  सरस्वती बालआश्रममा बस्दै आएका ६ बालिकाले बालआश्रमकै  १४ जना बालकलाई भाइटीका लगाईदिएका छन् । धरान ३ स्थित बालआश्रममा आफन्त विहीन २० बालबालिकाहरू बाल्यकालदेखि एकै ठाउँ बस्दै आएका छन् ।

यसपालि तिहारको भाइटीकाको दिन आश्रमले उनीहरूलाई दिदीभाई/दाई बहिनीकोे सम्बन्ध गाँसिदिएको छ ।

आश्रममा बसेर आफूसँगै अध्ययन गरिरहेका दाजुभाईलाई सयपत्री र मखमलीको माला लगाईदिँदा माइतीको साथ पाएको बालिकाले अनुभूति गरुन भनेर चेली माइतीको समबन्ध गाँसिदिएको आश्रम सञ्चालक समितिका अध्यक्ष श्रीमति अम्विका राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आश्रममा विभिन्न जिल्लाबाट विभिन्न जाति समुदायका आफन्त विहिन बालबालिका बस्दै आएका छन् । उनीहरू मध्ये कसैका आमाबाबु छैनन् । कसैका दाजुभाई छैनन्, कसैका दिदी बहिनी छैनन् । तिहारमा सवैले भाइटीका लगाएको देख्दा उनीहरूको मन अमिलो नहोस् भनेर आश्रमका ६ बालिका र १४ बालक बिच चेली र माइतीको सम्बन्ध गाँसिदिएका छौं ।’

सो आश्रममा बस्दै आएका २० जना बालबालिकाले स्थानिय दाता र समाजसेवीले दिएको सहयोगबाट पालनपोषण र शिक्षा पाएका छन् ।

प्रकाशित मिति २०७२ कात्तिक २९ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: