समूहलाई सांसदको सहयोग


प्रकाशित मिति :2015-11-16 10:05:36

महिला खबर

चितवन,कात्तिक ३० । सांसद विष्णुमाया परियारले गाउँ टोलमा संगठित भएका आमा समूहहरूले महिला सशक्तिकरणमा ठूलो टेवा पुर्याएको बताउनु भएको छ ।

सृजनशील आमा समूह एवं ज्याम्पा देछेन छ्योलिगुम्बा चित्रवनको संयूक्त आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद परिवारले यस्तो बताउनु भएको हो ।  सविंधान बनेपछि विकासका ढोकाहरू खुलेको बताउँदै परियारले भन्नुभयो ‘महिलाले विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्भाह गर्नु पर्यो ।’

IMG_1274

आमा समूहले गाउँको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले आमा समूहलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभएको छ । समूहको उदेश्य नै महिलालाई आफ्नो हक अधिकारप्रतिको लागि सचेत गराउँदै महिलाको जीवनस्तर उकास्ने रहेको अध्यक्ष धावा लामाले बताउनुभयो ।

कार्यक्रममा समाजसेवी विष्णु ढकाल भक्तराज गुरुङ , रमाकान्त सुवेदी, आसमान तामाङ समूहकी सदस्य पालमाया तामाङ लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति २०७२ कात्तिक ३० गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: