५२ वर्षीया महिलाको घाँटी रेटेर हत्या


प्रकाशित मिति :2015-11-16 10:14:59

महिला खबर 

लमजुङ, कात्तिक ३० । लमजुङकाे खुदी थाकनमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

५२ वर्षीया बुधकाशी गुरुङको शनिवार राति हत्या भएपनि आइतवार दिउँसो मात्र प्रहरीलाई जानकारी आएपछि प्रहरी नायव उपरीक्षक शम्भु प्रसाद ढकाल सहितको टोटली घटनास्थल पुगेको थियो ।

सदरमुकाम बेसीशहरबाट गाडी र पैदल यात्रा गरी ३ घण्टामा पुगिने थाकनमा एक्लै बस्दै आएकी गुरुङका श्रीमानको दुई वर्षअघि निधन भएको र उनका छोराछोरी कोही नभएको प्रहरीले जनाएको छ ।

गुरुङ दिउँसोसम्म घरबाट बाहिर ननिस्केपछि गाउँलेले घरमा हेर्न जाँदा हत्या भएको थाहा पाएर प्रहरीलाई खबर गरेको खुदी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक हरि थापाले बताउनुभयो ।

उनको हत्यामा संलग्न भएकाहरूको खोजी कार्य सुरु भइसकेको र अनुसन्धानका लागि मृतकका भदा पर्ने पूर्णवहादुर गुरुङलाई हिरासतमा लिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ कात्तिक ३० गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: