पहाडी महिलाले पनि मनाउन थाले छठ


प्रकाशित मिति :2015-11-16 15:16:45

रमला सिंगक

सुनसरी, कात्तिक ३० । तिहारको रमझम नसकिँदै प्रनिता थापा क्षेत्रीलाई छठ पर्वको रन्कोले तताएको छ । मंसिर १ गते पर्ने मुख्य छठ पूजाका लागि सूर्य भगवानलाई चढाउने सामाग्री किन्न धरानको मुख्य बजार भानुचोकमा भेटिएकी उहाँले बदाम, मखन, अविर, सुटुनी, अतिकपात, सक्खर किन्नु भयो ।

धरानमा एक दशक अघिसम्म छठ पर्व तराई–मधेशमा बस्ने समुदायले मात्र मात्र मनाउँथे । तर, पछिल्लो समय प्रनिता थापा जस्ता धेरै पहाडीमुलका महिलाले ऊर्जाको स्रोत मानिने सूर्यको सन्ध्या र बिहानी रूपको पूजा गर्न थालेका छन् ।

chhat dhran

स्थानीय सामुदायिक विद्यालयमा पढाउँदै आउनु भएकी उहाँले भन्नुभयो ‘छठ पर्व पहिला–पहिला मधेशी समुदायले मात्र माने पनि अहिले प्राय सबैले मान्न थालेका छन् । जसले गर्दा संस्कृति आदानप्रदान भएको छ । एकापसमा सद्भाव जागेको छ । नयाँ पुस्ता बीच मधेशी र पहाडीको भेद यस्ता सांस्कृतिक पर्वले हटाउँदै लगेको छ ।’

छठीको प्रसाद किन्न आउनु भएकी धरान उपमहानगरपालिका २३ पानबारी बस्ने फुलमाया कार्कीले दुई वर्षदेखि यो पर्व मनाउँदै आएको बताउनुभयो । आफ्ना अन्य छिमेकी सहित छठको सामान किन्न आउनु भएको उहाँले स्थानीय बुढी खोलामा सामुहिक रुपमा पूजा गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सूर्यको आराधना गर्दा चित्त शान्त हुन्छ भन्ने मान्यता अनुसार हामीले पनि मान्न थालेको हो ।’ छठको परम्परा सन्तानको संख्या अनुसार बाँसको कोनिया (एकातिरमात्र निफन्ने भएको बाँसको नाङ्लो) र ढकीया (बांसको डालो) किनेको उहाँले बताउनुभयो । यस्तै धरान १६ बस्ने गीता शाहाले पनि छठ पूजाको तयारी पुरा गरेको र परम्परा अनुसार ब्रत बसेर मनाउने बताउनुभयो ।

chhat parba (1)

छठको मान्यतामा भनिएको छ, त्यो हो षष्ठी तिथिमा माता दुर्गाले दर्शन दिई मनोकामना पूरा गरेको हुनाले षष्ठि माता भनिएको हो । संस्कृत शब्द ‘षष्ठी’ लाई तराईमा स्थानीय लवज अनुसार छठी, छठ र छइठ भनिएको छठका सामाग्री र प्रासद विक्रि गर्ने व्यापारी अजय दासले बताउनुभयो । उहाँले भन्नुभयो ‘धरान जस्तो लिम्बू, राई, नेवारको बाक्लो बस्ती भएको शहरमा पनि छठको चार दिने पर्व धुमधामले मनाउन थालिएको छ ।’

उहाँका अनुसार छठको पहिलो दिन नुहाएपछि पूर्णतया शाकाहारी भोजन खाएर दिनभरि उपवास बस्ने गरिन्छ । दोश्रोदिन दिनभरि व्रत बसेर साँझपख कुल देउता भएको कोठा लिपपोत गरिन्छ । तेश्रो दिन व्रतालुले गहुँको पिठोबाट बनाएको ठेकुवा तथा भुसुवा भनिने चामलको लड्डु तयार पारेर मौसमी फलफूल एवं तरकारीका साथ बाँसको कोनियमा सजाएर पूजा गरेपछि ती सामग्री ढकनीमा राखेर नजिकैको खोला किनारमा पु-याइन्छ । ती पूजा सामग्रीलाई जल र दूधको अर्घका साथ सूर्यकै नारी रूप छठ परमेश्वरीलाई साँझपख अर्पण गरिन्छ ।

chhath ko pix

पूर्वका कन्काइ माई, रतुवा, शप्तकोही, विरिङ, मेची लगायत नदी खोलामा छठ पुजा सम्पन्न गर्न झापा, मोरङ सुनसरीका ब्रतालु महिला भेला हुने गरेका छन् । स्थानीय साना खोला किनाहरू समेत छठको बेला सफा बनाइएको छ । छठको अन्तिम दिन विहान यही प्रक्रियाले पूजा गरेपछि छठको समापन हुन्छ । चार दिनसम्म मनाईने छठ पर्वको अवसरमा स्थानीयहरूले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन् ।

प्रकाशित मिति २०७२ काित्तक ३० गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: