महिला डबल लिग भलिबल प्रतियोगिता हुँदै


प्रकाशित मिति :2015-11-17 10:19:21

महिला खबर

काठमाडाैं, मंसिर १ । महिला डबल लिग भलिबल प्रतियोगिता आउँदाे १९ देखि पुस ४ गतेसम्म  हुने भएको छ । ढोरपाटन स्पोर्ट्स ट्रेनिङ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता पुसमा गर्ने भनिए पनि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि समय अभाव हुने भएपछि  अगाडि सारिएको आयोजक संस्थाका अध्यक्ष मनवीर छन्त्यालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टोलीले  दुई लाख ६० हजार, उपविजेता टोलीले एक लाख ३० हजार, तेस्रोले  ७० हजार रुपैयाँ, चौँथोले  ४० हजार, पाँचाैले  ३० हजार, छैटौँले  २० हजार र सातौँ स्थानमा रहने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान खेलाडी र प्लेयर अफ द सिरिज घोषित हुने प्रत्येक खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्स, लिफ्टर, लिब्रो र सर्भर तथा प्रशिक्षकले जनही रुपैयाँ पाँच हजार पाउने छन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), न्यु डायमन्ड एकेडेमी, नेपाल प्रहरी क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ पोखरा, नेपाल आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, धादिङ कलाकार टिम, एन्जल्स हर्ट उच्च मावि काठमाडौं विन्ध्यवासिनी हाइस्कुल टोखा र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, जानकी उच्च मावि नवलपरासी र अरनिको सांस्कृतिक परिवार बाग्लुङ सहभागी छन् ।

प्रकाशित मितिः २०७२ मंसिर १ गते मङ्गलवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: