प्रति महिना दुईजनामाथि करणी


प्रकाशित मिति :2015-11-17 14:00:47

महिला खबर

कैलाली, मंसिर १। कैलालीमा एक महिनामा औसत २ जना महिलामाथि जवर्जस्ती करणी हुने गरेको तथ्याङकले देखाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीको अभिलेख अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा १० जना महिला वलात्कृत भएका छन्। यो संख्या प्रतिमहिनामा औसत २ जना हो।

यद्यपी अघिल्लो आर्थिक वर्षको सोही चार महिनाको तुलनात्मक हिसाबले यस वर्ष जवर्जस्तीकरणी र बलात्कारका घटनाा कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो वर्षको सोही चार महिनाको तथ्याङ्क हेर्दा यस वर्षका चालु चार महिनामा कम मात्रामा बलात्कारका घटना भएका छन्’ जिल्ला प्रहरी कार्यालय कैलाली मुद्दा शाखाका प्रहरी निरीक्षक हरिसिंह धामीले भन्नुभयो ‘समाजमा चेतना बढ्दै गएकाले अपराधिक घटनामा कमी आउँदै छ।’
प्रहरी निरीक्षक धामीले अनुसन्धान प्रकृया निष्पक्ष भएकाले पनि अपराधिक घटनाहरु निरुत्साहित हुँदै गएको उहाँको भनाई छ।

चालु आर्थिक वर्षको साउन महिनामा २ ओटा जवर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्। भने जर्वजस्ती करणी उद्योगमा १ मुद्दा दर्ता भएको छ।त्यसैगरी भदौ महिनामा २, असोजमा २ र कात्तिक महिनामा ४ पुगेको छ।

प्रकाशित मितिः २०७२ मंसिर १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: