आफ्नै भवन भएपछि कार्यसम्पादनमा सहज


प्रकाशित मिति :2015-11-17 14:25:16

प्रताप बानिया
म्याग्दी, मंसिर १ ।  महिला तथा बालबालिका कार्यालय म्याग्दीको आफ्नै भवनबाट कार्यालय सञ्चालनमा आएपछि कार्यसम्पादनमा सहज भएको छ। गएको असोज महिनाको अन्तिम सातादेखि नवनिर्मित भवनमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई समेत सेवा लिन सहज भएको हो।

कार्यालयले सदरमुकाम बेनीस्थित मङ्गलाघाटमा १ करोड ४१ लाख रुपैयाँको लागतमा १२ ओटा कोठासहितको सुविधासम्पन्न अपाङ्गतामैत्री भवन निर्माण गरी कार्यालय सञ्चालन गरेको जनाएको छ। आर्थिक वर्ष २०६८/६९ देखि निर्माणकार्य शुरु गरी चालुवर्ष ०७२/७३ मा भवनको सबै काम सकेर पूर्वाधार तयार भैसकेपछि नयाँ भवनमा कार्यालय सञ्चालन गरिएको छ।

यसअघि बेनीको न्युरोडमा भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएकोमा आफ्नै भवन निर्माण भएपछि सेवाग्राही र कर्मचारीलाई राहत पुगेको महिला तथा बालबालिका कार्यालय म्याग्दीका प्रमुख महिला विकास अधिकृत निर्मला शर्माले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा आफ्नै कार्यालयबाट व्यवस्थित रुपमा कार्यसम्पादन गरिने भएको छ। नयाँ भवन बनेपछि कार्यालयमा सेवा लिन आउने महिला तथा बालबालिका, ज्येष्ठनागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज भएको अधिकृत शर्माको भनाई छ।

नेपाल सरकार महिला तथा बालबालिका समाजकल्याण मन्त्रालयमार्फत विनियोजित बजेट र भवन डिभिजन कार्यालयको प्राविधिक सर्वेक्षणमा भवन निर्माण गरिएको महिला विकास कार्यालयले जानकारी दिएको छ। कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि अपाङ्गता हेल्प डेक्स समेत स्थापना गर्ने बताएको छ।

नियमित रुपमा परिचयपत्र वितरणलाई व्यवस्थित र अपाङ्गतासम्बन्धी सूचनालाई प्रभावकारी बनाउन कक्षको स्थापना गर्न लागिएको महिला विकास अधिकृत शर्माले बताउनुभएको छ। २ वर्षअघि बौद्ध विहारबाट खसेको पहिरोले निर्माणाधीन भवनमा क्षति पुर्‍याएपछि १ वर्षसम्म निर्माणकार्य रोकिएको थियो। पहिरोका कारण थप ३ लाख रुपैयाँ लागत बढेको छ। यसैबीच भवनको तल्लो तहसम्म ह्वीलचियर जान मिल्ने भए पनि भवनमा जाने बाटो नहुँदा समस्या उत्पन्न भएकोे छ।

प्रकाशित मितिः २०७२ मंसिर १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: