बेचिन लागेका छ महिलाकाे उद्धार


प्रकाशित मिति :2015-11-17 16:11:22

महिला खबर
नेपालगंज मंसिर १ । भारतीय सिमावर्ती बजार रुपैडिहाबाट ६ जना महिलाको उद्धार गरिएको छ। सशस्त्र सीमा बल एसएसवीले चेकजाँच गर्ने क्रममा शंका लागेर सोधपुछ गर्दा उनीहरू जोखिमपूर्ण यात्रामा जान लागेको पाइएको हो। उद्धार गरिएका ६ जना सिन्धुपाल्चोकका हुन्।

उनीहरूलाई रुपैडिहासम्म पुर्‍याउने सुर्खेत, मैनताडाका दिपक बि.क पक्राउ परेका छन्। रुपैडिहा हुँदै दिल्ली र त्यहाँबाट टर्की जान खोजेको उनीहरूले प्रारम्भिक बयान दिएका छन्।उद्धार गरिएका महिलालाई एसएसवीले जमुनाहा प्रहरीको सहयोगमा माइती नेपाललाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार पक्राउ परेका बि.कका बारेमा अनुसन्धान भइरहेको छ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले उद्धार गरिएकालाई सेल्टरमा राखी मनोसामाजिक विमर्श भइरहेको बताउनुभयो।

प्रकाशित मितिः २०७२ मंसिर १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: