महिला खबर
काठमाडौं, मंसिर २। नेपालमा महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अमेरिकी युवती म्यागी डोयन सन् २०१५ को सिएनएन हिरो हुनुभएको छ। सीएनन् हिराे २०१५ का अन्तिम १० मा परेका प्रतिस्पर्धीमध्ये अनलाइन भोटिंगका आधारमा बिजेता बन्नुभएको हो।
डियाेनले एक लाख अमेरिकी डलर बराबरको पुरस्कार पनि पाउनुभएको छ।अमेरिकाको न्युजर्सीकी स्थायी बासिन्दा उहाँले सुर्खेतमा सन् २०१० मा कोपिला विद्यालय स्थापना गरी गरिब तथा असाह्य बालबालिकालाई पढाउँदै आउनुभएको छ।
डियोनले अहिले नर्सरीदेखि १२ कक्षासम्मका बिद्यार्थीका लागि भवन पनि बनाइरहनु भएको छ।सन् २०१३ मा उहाँले कोपिला उपत्यका महिला केन्द्र स्थापना गरी महिलालाई समेत सीप तथा क्षमता बढाउने तालिम दिँदै आउनुभएको छ ।
तस्बिर: सिएनएन डट कमबाट
प्रकाशित मितिः २०७२ मंसिर २ गते बुधवार
Comment Here!