गर्भवती महिलालाई पोषण मेला


प्रकाशित मिति :2015-11-18 12:41:03

महिला खबर

unnamed (1)
नेपालगन्ज, मंसिर २ । बाँकेका तीन गाविसमा गर्भवती महिलाका लागि पोषण मेला आयोजना गरिएको छ । गर्भावस्थामा महिलाले ध्यानदिनुपर्ने कुरा, पौष्टिक आहार, बच्चा जन्मिएपछि गर्नुपर्ने स्याहार तथा स्तनपान र परिवार नियोजनको अस्थायी साधनको बारेमा मेलामा सहभागी महिलालाई जानकारी गराईएको थियो ।

अक्सफाम नेपालको सहयोगमा स्याक नेपालद्वारा संचालित मेरो अधिकार,मेरो आवाज कार्यक्रम अन्तरगत बाँकेको बैजापुर, कचनापुर र महादेवपुरीमा स्थानीय स्वास्थ्य चौकीसँग समन्वय गरी गर्भवती महिलाको लागि पोषण मेला आयोजना गरिएको कार्यक्रम संयोजक सोम जिसीले जानकारी दिनुभयो ।

unnamed

कार्यक्रममा प्रत्येक गाबिसका गर्भवती अवस्थामा परिवारको स्वास्थ्य चौकी ईन्चार्ज अनमी र स्वास्थ्य स्यंमसेविकाले मेलामा राखिएको स्टलमार्फत गर्भवती भएपछि महिलाले गर्न हुने र गर्न नहुने कामको वारेमा जानकारी दिएका थिए ।

पोषण मेलामा गर्भवती महिलालाई  पौष्टिक आहार  तथा स्वास्थ्य सामग्री साबुन, ब्रस र मन्जन वितरण गरिएको थियो । कचनापुर स्वास्थ्य चौकीमा गर्भ अवस्था रहेदेखि नियमित स्वास्थ्य स्याहार गर्भाअवस्थामा बच्चाको बृत्ति विकासलाई आधार मानेर ४ जना गर्भवती महिलालाई पुरस्कृत गरिएको थियो ।

जिल्ला जनस्वाथ्य प्रमुख डा. बिनोद कुमार गिरीले  गर्भवती महिलालाई सचेत बनाउनुको साथै परिवारका सदस्यलाई पनि गर्भवती महिलाप्रति जिम्मेवारी बनाउन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । यस्ता कार्यक्रमले बच्चा कम तौलको नभई स्वस्थ बच्चा जन्मन सहयोग गर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति :२०७२ मंसिर २ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: