महिला खबर
काठमाडौं, मंसिर ३ । उद्योग मन्त्रालयका सह–सचिव यामकुमारी खतिवडाले नेपालमा महिलाले हप्तामा १०३ घण्टा काम गर्ने बताउनु भएको छ । आज काठमाडौंमा भएको सफल महिला उद्यमीको अनुभव, सल्लाह र सुझाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
सह–सचिव खतिवडाले महिलाको तुलनामा पुरुषहरूले हप्तामा जम्मा ९७ घण्टा मात्र काम गर्ने बताउनुभयो । कार्यक्रमा बोल्ःदै उहाँले भन्नुभयो ‘हरेक सम्बन्ध आर्थिकसंग जोडिने भएकाले पैसा कमाउनेलाई भन्दा नकमाउनेलाई हेर्ने दृष्टिकोण परिवारभित्रै फरक हुन्छ ।’
घरेलु तथा साना उद्योग विकास समितिकी निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले अहिलेसम्म महिला गैर आर्थिक क्रियाकलापमा लागेकाले पछाडि परेको भन्दै आर्थिक आर्य आर्जनको क्षेत्रमा लाग्न सबै महिलालाई सुझाव दिनुभयो ।
महिलाको नाममा सम्पत्ति नुहँदा व्यवसाय गर्न खोज्ने महिला पुँजीको अभावमा घरमै सिमित हुन बाध्य भएको ताम्राकारको भनाइछ ।
प्रकाशित मिति २०७२ मंसिर ३ गते बिहीवार
Comment Here!