मातृ मृत्युदर ४४ प्रतिशतले घट्यो : युएन


प्रकाशित मिति :2015-11-19 15:22:38

 महिला खबर 

एजेन्सी, मंसिर ३ । युएनएजेन्सी र विश्व बैङ्कले भर्खरै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार १९९० यता मातृ मृत्युदर ४४ प्रतिशतले घटेको देखाएको छ। रिपोर्टका अनुसार १९९० मा ५ सय ३२ हजार रहेको मातृ मृत्युदर यो वर्ष ३ सय ३ हजारले घटको छ ।

सार्वजनिक रिपोर्ट अनुसार १ लाख संख्यामा २१६ जना महिलाको बच्चा जन्मदाका बखत मृत्यु हुने गरेको छ, जुन १९९० मा १ लाख संख्यामा ३८५ रहेको थियो।

युएनको मिलिनिम डेभलपमेन्ट गोल (MDG) ले १९९० देखि २०१५ सम्ममा तिन चौथाईले मातृ मृत्युदर कम गर्ने लक्ष्य राखेको थियो। मातृ मृत्यु भन्नाले गर्भ अवस्था तथा बच्चा जन्मदाका बखत वा बच्चा जन्मेको ६ हत्तासम्म महिलाको मृत्यु  हुनुलाई जनाउँछ।

 WHO का सहायक निर्देशक डा.‍ फ्लाभिया बसट्रिओका अनुसार महिलाको गर्भअवस्थामा ज्यान जाने सतरा लगभग आधा कम भएको छ, जुन पर्याप्त अवस्था नभएता पनि यो पहिलाको तुलनामा ठूलो उपलब्धि हो ।  सन् २०३० सम्ममा मातृ मृत्युदर एकलाखमा ७० जनामा घटाउने लक्ष्य राष्ट्रसंघले लिएको छ । द्वनद्व ग्रस्त देशहरुमा भने मातृ मृत्युदर बढी रहेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २०७२ मंसिर ३ गते  बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: