लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको तयारी


प्रकाशित मिति :2015-11-19 15:35:55

महिला खबर
काठमाडौं, मंसिर ३। ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुर्ननिर्माण, शिक्षा र समान व्यवहार’ नारासहित यो वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँंदैछ। हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवश २५ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवश १० डिसेम्बरसम्म विश्वव्यापी रुपमै लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ।

१६ दिने अभियानका मनाउन राष्ट्रिय महिला आयोगले बिभिन्न उपसमिति गठन गरेको छ। आउने मंसिर ९ अर्थात २५ नोभेम्बरदेखि सुरु हुने अभियान मनाउन उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीको संयोजकत्वमा मुल समारोह समिति गठन भइसकेको छ। आयोगले आज बिभिन्न नागरिक समाजको समन्वयमा ३ वटा उपसमिति गठन गरेको हो।

आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाइ संयोजक रहनेगरि १६ दिने अभियान व्यवस्थापन समिति गठन भएको छ। यसैगरि आयोगका सदस्य भगवती घिमिरेको संयोजकत्वमा प्रचार प्रसार उपसमिति र सदस्य धनेश्वरी चौधरीको संयोजकत्वमा र्‍याली व्यवस्थापन उपसमिति गठन गरिएको जानकारी आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाइले दिनुभयो।

प्रकाशित मितिः २०७२ मंसिर ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: