महिला खबर
सुनसरी, मंसिर ३। सुनसरीको इटहरी–४ स्थित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा महिला बचतकर्ता र सहकारीका पदाधिकारीलाई एकदिने तालिम सम्पन्न भएको छ।
महिला बचतकर्ता र सहकारी संचालकहरुलाई आर्थिक योजना बनाउने क्षमता अभिबृद्धी गर्न तालिम दिइएको हो। सहकारीमा आवद्ध पदाधिकारीको काम, कर्तव्य, अधिकार र जिम्मेवारी बारेमा जानकारी गराई सक्षम र सवल बनाउन उद्देश्य रहेको सहकारीका अध्यक्ष अमृता सुव्वाले बताउनुभयो ।
उहाँले महिलालाई सवल बनाउन आर्थिक समानता आवश्यक भएको बताउनुभयो। आर्थिक समानतालाई महिला आर्थिक बचतका साथै वित्तिय क्षेत्रमा पनि लाग्नुपर्ने उहाँको भनाइ छ ।
तालिमले संस्थाको भावी योजनालाई सफल पार्ने तरिका सिकाउने भएकाले आवश्यकता अनुसार प्रशिक्षण दिएको तालिम प्रशिक्षक रुद्रप्रसाद उप्रेतीले बताउनुभयो। तालिममा ३० जना महिला सहभागी थिए ।
प्रकाशित मितिः २०७२ मंसिर ३ गते बिहीवार
Comment Here!