गुरु दक्षिणासहित गुरुआमालाई सम्मान


प्रकाशित मिति :2015-11-19 16:21:37

महिला खबर

सुनसरी, मंसिर ३। सुनसरीको धरानमा स्थापित डिपो स्कूलका पुर्व विद्यार्थीले गुरु दक्षिण नगद ३० हजार रुपैयाँ सहित गुरु आमालाई सम्मान गरेका छन्।

पाचौं डिपो पुर्ब बिद्यार्थी पुर्नमिलन तथा सम्मान समारोहमा सोही विद्यालयमा २०४० सालदेखि हालसम्म विद्यालयलाई सेवा दिंदै आएकी गुरुआमा ७० वर्षीया लक्ष्मी देवानलाई नगद ३० हजार रुपैयाँसहित विद्यार्थीले सम्मान  गरे।

आफूले पढाएका विद्यार्थीले गुरु आमाको रुपमा सम्झेर गुरु दक्षिणा सहित सम्मान गरेकोमा खुशी व्यक्त गर्दै लक्ष्मी देवानले भन्नुभयो, ‘मेरो काम विद्यार्थीलाई पढाउने सिकाउने हो त्यो मैले अहिले पनि जारी छ तर, मैले आफ्ना पुर्व विद्यार्थीबाट सम्मान पाएँ। त्यसले मलाई थप जिम्मेवार बनाएको छ।’

सो अवसरमा सोही विद्यालयमा अध्ययन गरेर हाल सहप्राध्यापकका रुपमा कार्यरत पुर्व विद्यार्थी अधिवक्ता मोतिकला सुव्वालाई पनि सम्मान गरिएको थियो।
वि्रटिस गोर्खा सैनिकको ‘वनडे पे स्किम’ (एकदिनको तलव) बाट स्थापित भएपनि हाल नाफारहित शैक्षिक गुठी अन्तर्गत संचालन हुदैआएको उक्त विद्यालय पुर्वाञ्चलको उत्कृष्ट रहँदै आाएको छ।

प्रकाशित मितिः २०७२ मंसिर ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: