महिला खबर
पोखरा, मंसिर ४ । एम्बुलेन्स सञ्चालन गरेको नमुना स्वरेक सामाजिक कोषलाई पोखरा चाउथेको स्वागत दिदी बहिनी समाजले १० हजार रुपैयाँ नगद सहयोग गरेको छ । कोषले गर्भवती तथा सुत्केरी महिलाका लागि छुट , जेष्ठ नागरिक र आर्थिक अबस्था कमजोर भएकाहरूको लागि विशेष सहुलियत दिने गरेको भन्दै सो समाजले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष विमला बसेलले बताउनुभयो ।
स्याङजाको पर्यटकीय गाविस स्वरेकमा एम्बुलेन्स अभावमा धेरै विरामीले सास्ती व्यहोर्न बाध्य भएका कारण नमुना स्वरेक सामाजिक कोषले सो अभियान शुरु गरेको अभियानका प्रचार प्रसार संयोजक घनश्याम पाण्डेले जानकारी दिनुभयो । सो अभियानका लागि अक्षयकोषमा १० लाख ४९ हजार १ सय १ रुपैयाँ पुगेको पाण्डे जानकारी दिनु भयो ।
प्रकाशित मिति :२०७२ मंसिर ४ गते शुक्रवार
Comment Here!