महिला खवर
सुनसरी, मंसिर ४। मानव वेचविखन र ओसारपसारमा सहकार्यको खांचो रहेको सरोकारवालाले बताएका छन्। सुनसरी र धनकुटाको सिमानामा रहेको भेडेटारमा शुक्रबार सम्पन्न दुईदिने मानव वेचविखन तथा ओसार पसारविरुद्ध कार्ययोजना तर्जुमा विषयक कार्यशालामा सहभागीले यस्तो धारणा राखेका हुन्।
उनीहरूले पछिल्लो समयमा सुनसरी, मोरङ र झापासँग जोडिएका भारतीय सिमावर्ती क्षेत्रबाट चेलीवेटी ओसार पसार गर्नेे गिरोह बढेको भन्दै ती क्षेत्रमा कडा अभियान संचालन गर्न सहकार्यको खाँचो औंल्याएका थिए। दुईदिने कार्यशालाले एकवर्षे रणनीति कार्ययोजना तयार पारेको छ।
प्रकाशित मितिः २०७२ मंसिर ४ गते शुक्रवार
Comment Here!