एकबोरा चामलमा बलात्कारका मुद्दा मिलापत्र हुन्छ : न्यायाधीश कार्की


कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन सुरू

प्रकाशित मिति :2015-11-20 16:54:18

महिला खबर

ललितपुर, मंसिर ४ । सर्वोच्च अदालतका न्यायाधीश सुशिला कार्कीले सिमान्तकृत वर्गलाई उचित शिक्षा दिएर राज्य संरचना सञ्चालनमा ल्याउने हो भने देशमा भ्रष्टचार न्यूनिकरण हुने बताउनु भएको छ ।

महिला कानुन व्यवसायीहरूको २४ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै न्यायाधीश सुशिला कार्कीले यस्तो बताउनु भएको हो । उहाँले एउटा सार्वजनिक कार्यक्रममा आफ्नै अगाडी न्यायाधीश भ्रष्टचारी हुन् भन्ने आरोप लागेको स्मरण गर्दै भन्नुभयो ‘ हामीमा कमजोरी रहेछ भन्ने थाहा पायौं ।’

????????????????????????????????????

न्यायाधीश कार्कीले नेपालको न्यायप्रणाली सर्वसाधारणको पहुँच भन्दा बाहिर रहेको भन्दै अहिलेपनि अदालतमा जम्मा ५ प्रतिशतमात्रै मुद्दा आउने र बालात्कारका मुद्दा एक बोरा चामलमा मिलापत्र हुने स्थिती बिडम्बनापूर्ण रहेको बताउनुभयो ।

अहिले पनि हाम्रो समाजमा बाबुले छोरीलाई ५/६ वर्षको हुँदासम्म गाइबाख्रा चराउन पठाउने र किशोरावस्था हुँदा भारत वा अन्य मुलुकमा बेच्न गरेका घटनाहरू छन्, त्यसकारण न्यायमा पहुँच सबैको हुने राज्य व्यवस्था कायम गर्नु पर्ने कार्कीको भनाइ छ । उहाँले मधेशको समस्यालाई सम्बन्धित निकायले छिटोभन्दा छिटो समाधान गर्न पनि आग्रह गर्नुभयो ।

????????????????????????????????????

संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले न्यायपालिका र कार्यपालिकामा १ प्रतिशत पनि महिला नभएकाले संविधानमा व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिताको कुरालाई सबैले एक भएर उठाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलन सफलताको शुभकामना दिँदै भन्नुभयो ‘हामीले महिला उत्पादनका कुरा गर्दछौँ, तर, उत्पादन भएका महिलालाई स्थान दिँदैनौ, किनभने त्यहाँ पितृसत्तात्मक सोच हावी छ ।’

यसैगरी बरिष्ठ अधिवक्ता सविता बरालले बार एशोसियशनको महिला कानून व्यवसायीलाई हेर्ने दृष्टिको ठिक नभएको भन्दै कडा आलोचना गर्नुभएको थियो । शुभकामना मन्तव्य कार्यक्रममा बोल्दै बरालले भन्नुभयो ‘आफ्नैभित्र विभेद छ भने अरुसँग के को समानताको कुरा गर्ने ? हरेक सम्मेलनमा घोषणापत्र तयार हुन्छ तर, लागु हुँदैन, यो दुखद पक्ष हो ।’

????????????????????????????????????

यस्तै नेपाल बारका मध्यपश्चिमञ्चलका उपाध्यक्ष अनिता गुरुङले आफ्नो संविधान आफैँ बनाउन पाउने अधिकारमाथि प्रश्न गर्दै भारतले नाकाबन्दी गर्नु मानवअधिकारको हनन् भएको बताउनुभयो । उहाँले भारतले गरेको मानव अधिकार हनन्को सम्मेलनले भत्र्सना गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

DSC_0229
यस्तै ललितपुरका मुख्य न्यायाधीश राजेन्द्र खरेलले नेपालको न्यायप्रणाली लैंगिकमैत्री नभएको बताउनुभयो । ‘राज्य संरचनामा समावेशी धार, न्यायपूर्ण समाजको आधार’ भन्ने मूलनारा सहित आजदेखि ललितपुरको सातदोबाटोमा सुरु भएको नेपाल बार एशोसियशन अन्तर्गतको महिला कानुन व्यवसायीको २४ औं राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ । राष्ट्रिय सम्मेलनमा भागलिन देशभरबाट ६ सय महिला कानुन व्यवसायी ललितपुर आएका छन् ।

उद्घाटन कार्यक्रममा शुभकामना दिने सबैले न्यायाधीश,अधिवक्त तथा अतिथिहरूले प्रधान न्यायाधीशका लागि शुसिला कार्कीलाई अग्रीम शुभकामना दिएका थिए ।

प्रकाशित मिति २०७२ मंसिर ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: