नेपालगन्ज नाकाबाट तीन महिनामा सय भन्दा बढि महिलाको उद्धार


प्रकाशित मिति :2015-11-22 11:58:01

भेषराज बस्नेत

नेपालगन्ज, मंसिर ६ । मधेशवादी दलको आन्दोलन र भारतले गरेको नाकाबन्दीका बीचमा पनि नेपालगन्ज नाकामा मानव वेचविखन तथा ओसारपसार गर्ने गिरोह सक्रिय रहेको पाईएको छ । बितेको तीन महिनामा जोखिमपूर्ण यात्रामा रहेका महिलाको संख्या अन्य समयमा जस्तै रहेको मानव वेचविखनविरुद्ध कार्यरत संघ संस्थाले जनाएका छन् ।

तीन महिनादेखि जारी मधेशवादी दलको आन्दोलनका क्रममा जोखिमपूर्ण यात्रामा रहेका सय जना भन्दा बढी महिलालाई नेपालगन्ज नाकाबाट फिर्ता गरिएको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले बताउनुभयो ।

नेपालगन्ज नाकाबाट नेपाली किशोरीलाई खाडी मुलुकमा लैजाने कार्य भएको पाइएको छ । यो बीचमा नेपाली सुरक्षाकर्मीलाई झुक्याएर सीमापार गरिसकेका ६ जना किशोरीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर उद्धार गरेपछि सो पुष्टि भएको हो ।

उनीहरूलाई रोजगारीका लागि भारत हुँदै खाडी पु¥याउन दलालको गिरोहले नेपालगन्ज नाका प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उद्धार गरिएकामा आमाछोरी र दिदी बहिनी समेत रहेका छन् । दलालले दिल्ली हुँदै खाडी मुलक पु¥याउने र राम्रो काममा लगाउने आश्वासन दिएको उनीहरूले जनाएका छन् ।

भूकम्प प्रभावित सिन्धुपाल्चोकका ६ जना महिला तथा किशोरीलाई बिक्रीका लागि भारत हुँदै खाडी मुलक लैजाँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रूपैडिहामा गत सोमवार उनीहरूको उद्धार गरेको हो । सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौंमा अस्थायी रूपमा बस्दै आएका उनीहरूलाई राम्रो काम दिलाईदिने प्रलोभनमा दलालले भारत प्रवेश गराएको थियो ।

ती किशोरीलाई लैजान लागेका सुर्खेत मैनतडाका दीपक विक समेतलाई एसएसबीले पक्राउ गरेको छ । ६ जना किशोरीलाई भारत लैजान सहयोगी रहेका मुख्य गिरोहका दलाल काठमाडौंका प्रदीप श्रेष्ठ भने फरार रहेका छन् । उद्धार गरिएका किशोरीलाई जमुनाहस्थित माइती नेपालको जिम्मा लगाइएको एसएसबीले जनाएको छ । युवतीसँगै पक्राउ परेका युवकलाई बाँके प्रहरीको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका किशोरीमा तीन जना १९ वर्षमुनिका र तीन जना ४० वर्षमुनिका रहेको माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले बताउनुभयो । संयोजक कोइरालाका अनुसार भूकम्पबाट प्रभावित भई काठमाडौंमा अस्थायी रूपमा बस्दै आएका ती किशोरी मजदुरी गर्दै आएका थिए । उद्धार गरिएका महिलाललाई पनि नेपालगन्जस्थित माइती नेपालको सेल्टरमा राखिएको छ ।

प्रकाशित मिति २०७२ मंसिर ६ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: