सुमित्रा केःसी
रुकुम,मंसिर ६ । बढ्दो आधुनिकतासँगै विवाह व्रतबन्ध,भोजभतेर, पूजाआजा आदिमा प्रयोग गरीने दुनाटपरीको प्रयोग घटदै जान थालेको छ । लोप हुँदै जानथालेका दुनाटपरीको प्रयोगलाई बढाउन रुकुममा भने दुनाटपरी उद्योग सञ्चालन गरीएको छ । जनसेवा महिला आयआर्जन सहकारी संस्थाले रुकुम मुसिकोटमा दुनाटपरी उद्योग सञ्चालन गरेको छ ।
जनसेवा महिला आयआर्जन सहकारी संस्थाका महिलाले उद्योगमा दुनाटपरीहरू बनाएर ल्याउने गर्छन । दुनाटपरी बनाए वाफत उनिहरूले ज्याला पाउने गरेका छन । संकल्न गरीएका दुनाटपरी विवाह, व्रतबन्ध,भोजभतेर,आदिमा खरीद हुने गरेको जनसेवा महिला आयआर्जन सहकारी संस्थाका अध्यक्ष देवी ओलिले बताउनुभयो ।
उहाँले यसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावना भएकाले एक वर्षपछि दुनाटपरी बनाउन प्रयोग गरीने मेसिन समेत जडान गरीने बताउनुभयो । १० रुपैयाँ दर्जन खरिद गरी ५० रुपैयाँ दर्जनमा दुनापटरीहरू बिक्रि गर्ने गरेको संस्थाका कोषाध्यक्ष आसा स्वर्णकारले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर ६ गते आइतवार
Comment Here!