आमा–बाबु छुट्टिए, बच्चाको बिजोग


प्रकाशित मिति :2015-11-22 12:48:04

सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुगेका दम्पतिहरूले आफना सन्तानको बारेमा एकपटक सोच्नु पर्दछ। किनकी सम्बन्ध विच्छेदले पति पत्नीलाई दाम्पत्य सम्बन्धबाट मुक्त गर्दछ तर छोराछोरीप्रति बाबुआमाले पुरा गर्नुपर्ने दायित्व बाँकी नै रहन्छ।

सुशिला बुढाथोकी

 एकवर्षअघि दोलखाकी शर्मिला कार्कीले विवाहबाट जन्मिएका छोरा र छोरी लिएर पतिसँग सम्बन्धविच्छेद गरिन्। अहिले उनी एक्लै छोराछोरीको लालनपालन गरिरहेकी छन्। सर्लाहीकी अस्मिता आर्चायले पनि गतवर्ष नै सम्बन्ध विच्छेद गरिन्। पति सरोज आर्चायलाई छोरी जिम्मा दिएर अस्मिता ढुक्कले बसेकी छन्। पुनः विवाह गरेर घरजम गर्ने उनको योजना छ। गत वर्ष नै पतिसँग सम्बन्ध विच्छेद गरेकी सिन्धुलीकी कल्पना कुमारी दनुवारले भने छोरी आफैसँग राखिन् र छोरालाई पतिको जिम्मा लगाइन्।

बाबुआमा छुटि्टएपछि बालबालिकाको अवस्था दर्शाउन माथिका उदाहरणहरू पर्याप्त छन्। सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार गएको वर्ष देशभरका अदालतबाट करिब ८ हजार दम्पत्तिले सम्बन्ध विच्छेद गरे। यी मध्ये एक सन्तान हुने जोडीको संख्या आधामात्र मान्ने हो भने ४ हजार बालबालिका बाबुआमाको सम्बन्धविच्छेदबाट प्रभावित भएका देखिन्छन्। यो तथ्याङ्कले समाजको बदलिँदो स्वरुप र सन्तानको भविष्यबारे चिन्तन गर्नुपर्ने समय आइसकेको देखाउँछ।

अत्यन्त निजी विषय मानिएकोले अहिलेसम्म पनि सम्बन्ध विच्छेद सामाजिक बहसको बिषय बन्न सकेको छैन। दम्पत्तिलाई कानुनी रुपले अलग गराउने अदालतले समेत सम्बन्धविच्छेदको फैसला गर्दा बच्चालाई कोस“ग बस्ने भन्ने कुरा बुझ्ने वा उसको मन्जुरी लिने गर्दैन। दम्पत्तिहरूले सम्बन्ध विच्छेद गर्ने कारण अनेक भएपनि कतिपयले भने सम्बन्ध बिच्छेदलाई दोस्रो सम्बन्धमा रमाउने र छोराछोरी प्रतिको जिम्मेवारीबाट पन्छिने माध्यम बनाउने गरेको पाइन्छ।

यस्ता गैरजिम्मेवार बाबुआमालाई कारबाही गर्ने कानुनी पाटो भने कमजोर देखिन्छ। कानुनमा सम्बन्ध विच्छेदपछि छोराछोरीको अंश भागको मात्र चर्चा गरिएको देखिन्छ तर, छोराछोरीलाई कसले हुर्काउने, नहुर्काएमा के व्यवस्था गर्ने, बाबुआमा गैरजिम्मेवार भएमा के गर्ने, बाबुआमा दुवैले बच्चा राख्न नचाहेको अवस्थामा के गर्ने भन्ने जस्ता कुरालाई वास्ता गरिएको पाइन्न।

सम्बन्ध विच्छेदले पति पत्नीलाई दाम्पत्य सम्बन्धबाट मुक्त गर्दछ तर छोराछोरीप्रति बाबुआमाले पुरा गर्नुपर्ने दायित्व बाँकी नै रहन्छ। यो दायित्वबारे बाबुआमा बेलैमा सचेत नभएमा यसले बालबच्चा लगायत स्वयं उनीहरूलाई समेत असर गर्दछ। समाज जतिसुकै सभ्य किन नहोस्, बाबुआमाले वेवास्ता गरेका र परिवारको माया नपाएका केटाकेटीको भविष्य प्रायः अन्यौलमै रहन्छ। परिवार नै व्यक्तिको पहिचान भएको र सम्बन्ध विच्छेदलाई सहज रुपमा स्वीकार गरिनसकेको हाम्रो समाजमा यस्तो अन्यौल अझ बेसी छ।

हाम्रो समाजमा बाबुआमाको सम्बन्ध विच्छेद भएमा बालबालिकालाई समाजमा घुलमिल हुन समेत कठिनाई देखिन्छ। यस्तो जोखिमपूर्ण समयमा बाबुआमाको साथ र मार्गदर्शन भएन भने सन्तानको भविष्य अन्धकार हुन बेर लाग्दैन। यसैले सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने असरबारे बाबुआमाले घोत्लिनु आवश्यक भइसकेको छ। सम्बन्ध विच्छेदले परिवारै टुक्राउने भएकोले यसको सकरात्मक वा नकरात्मक प्रभाव बाबुआमा र छोराछोरी सबैलाई पर्दछ।

बालबालिकासँग खुलेर कुरा गर्ने चलन नभएकोले बाबुआमाले यो विषयलाई केटाकेटीबाट टाढै राख्न खोज्छन्। बाबुआमा छुटि्टएर बस्न लागेको कुरा थाहा पाउँदा वा अलग्गै बस्न थालेपछि भने सबैभन्दा ठुलो असर बालबच्चाहरूमा पर्न थाल्छ। धेरैजसो अभिभावकलाई यसबारे हेक्का भएको पाईंदैन।

समाजशास्त्री प्राध्यापक डा. सुरेशराज शर्माका भनाइमा, बाबुआमाको सम्बन्ध विच्छेदले बालबालिकालाई पहिल्यै ठुलो झट्का दिएपनि उनीहरूको असल व्यवहार र जिम्मेवारीपनले बालबालिकालाई सकरात्मक सोच्न सहयोग पुर्‍याउँछ। शर्मा भन्छन्, ‘बाबुआमा नछुटि्टदै बालबालिकालाई राम्रो हुने हो। तर, छुटि्ट नै परे त्यसपछिको जिम्मेवारी व्यवस्थापन गर्नु अति आवश्यक छ। यसो नर्गदा बालबालिकाको आत्मविश्वास गुम्ने र समाजमा घुलमिल हुन नसक्ने संभावना धेरै हुन्छ।’

अभिभावकलाई बालमनोविज्ञानबारे ज्ञान नहुँदा बालबालिकालाई नयाँ परिवेशमा घुलमिल हुन कठिनाई हुने गर्दछ। विशेषगरि बच्चालाई बाबु वा आमा मध्ये एक छान्ने कार्य तनावपूर्ण हुने कुरा अभिभावकले बुझ्नु जरुरी देखिन्छ।

हामीकहाँ सम्बन्ध विच्छेदलाई केटाकेटीको दृष्टिकोणबाट हेर्ने चलन नभएकोले यसले उनीहरूमा पार्न सक्ने मनोवैज्ञानिक असरबारे सचेतना नभएको हो। पश्चिमा देशहरूमा सम्बन्धविच्छेद हुनु सामान्य मानिन्छ। त्यहाँ सम्बन्ध तोडेपनि आमाबाबु छोराछोरीप्रति पुरा गर्नुपर्ने दायित्वको बारेमा सचेत रहन्छन्।

खुला समाजमा हुर्किएका कारण त्यहा“का केटाकेटीले पनि बाबुआमा छुटि्टनुलाई त्यति आर्श्चयको विषय मान्दैनन्, जति हाम्रा केटाकेटीले मान्दछन्। त्यसमा पनि हामीकहा“ केटाकेटीले बाबुआमाको दोस्रो व्यक्तिस“गको सम्बन्ध स्वीकारीसकेको अवस्था छैन। यसले केटाकेटीहरू एकातिर एकल अभिभावक हु“दा आमा वा बाबुको अभाव महशुस गर्ने वा सौतेनी आमा वा बाबुलाई असहज रुपले स्वीर्कान बाध्य भइरहेका हुन्छन्।

अरु बालबालिकाका अभिभावक हुने तर, आफनो नहुने वा सौतेनी आमा वा बाबु हुँदा बालबालिकामा अपराधबोध हुने मनोविद गंगा पाठकको अनुभव छ। उनका अनुसार बाबुआमाको सम्बन्ध विच्छेदले बालबालिकाको आत्मसम्मानमा चोट पुर्‍याउँछ। जसले उनीहरूलाई विद्रोही, झगडालु तथा अपराधीसम्म बनाउन सक्छ। उनी भन्छिन्, ‘बालबालिकाले आमाबाबुलाई रोलमोडल मानेका हुन्छन् तर, उनीहरूबीच नै कलह हुँदा बच्चाको मानसिक, शारिरिक, सामाजिक सबै खालका सम्बन्धमा नकरात्मक असर पर्छ।’

बालबच्चा हुर्काउनु र उनीहरूलाई सक्षम नागरिक बनाउनु चानचुने कुरा होइन। यसमाथि बाबुआमाले सँगै हुर्काइरहेका बालबालिका एकल रुपमा वा सौतेनी आमा वा बाबु मिलेर हुर्काउनु कत्ति सहज र व्यवहारिक छ ? यसले बच्चालाई कस्तो असर पार्छ ? बच्चालाई नयाँ परिवार र वातावरणमा कसरी घुलमिल गराउने ? इत्यादि कुरालाई सम्बन्धविच्छेद गर्न लागेका वा गरिसकेका बाबुआमाले गम्भीर रुपमा लिनु आवश्यक देखिन्छ। बालबालिकाहरु संवेदनशील हुने भएकोले बाबुआमाका स–साना असावधानीको पनि उनीहरूले ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ।

सम्बन्ध विच्छेदपछि बाबुले मात्र हुर्काउँदा आमा पनि बन्नुपर्ने, आमाले मात्र हुर्काउ“दा बाबुका जिम्मेवारी पुरा गर्नुपर्ने अनेक चुनौति रहन्छन्। सौतेनी आमा वा बाबु भएको अवस्थामा अरु थप चुनौति हुनसक्छन्। यस्तो कुरालाई सम्बन्ध विच्छेद अघि नै पतिपत्नी बिच सल्लाह हुनु आवश्यक छ।

पछिल्लो समय नेपाली समाजले पनि सम्बन्ध विच्छेदपछि दोस्रो विवाह स्वीर्कान थालेको छ। बढ्दो चेतनासँगै सम्बन्ध विच्छेद भन्नेबित्तिकै नकरात्मक मान्ने प्रवृति पनि बिस्तारै हट्दै गएको छ। यसले सम्बन्ध विच्छेदलाई सहज बनाउ“दै यसका परिणामलाई पनि स्वीकार गर्ने वातावरण बनाउन सहयोगी भूमिका खेलिरहेको छ।

यसको परिणाम सम्बन्ध तोडिएपनि एक अर्काको आदर गर्ने परम्परा सिक्दैछन् नेपाली दम्पत्तिहरू। यस्तोमा छोराछोरी हुर्काउने र लालनपालनमा जिम्मेवार बन्ने हो भने उनीहरू पनि असल अभिभावक बन्न सक्नेछन्।

प्रकाशित मितिः २०७२ मंसिर ६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: