आफ्नै खर्चमा स्वयंसेविकाको ‘सुत्केरी भेट’ कार्यक्रम


प्रकाशित मिति :2015-11-22 13:41:17

महिला खबर

पोखरा, मंसिर ६। शुक्ला गण्डकी नगरपालिका तनहुँका महिला स्वास्थ्य स्वयम्सेविकाले आफ्नै खर्चमा सुत्केरी प्रोत्साहन गर्नका लागि ‘सुत्केरी भेट’ कार्यक्रम शुरु गरेका छन्। स्वास्थ्य चौकीसम्म आएर सुरक्षित सुत्केरी गराउन महिलालाई प्रेरित गर्न महिला स्वयम्सेविकाहरूले यस्तो कार्यक्रम शुरु गरेका हुन्।

‘अहिले पनि धेरै महिला स्वास्थ्य चौकीमा आएर सुत्केरी सेवा लिन गाह्रो मान्नुहुन्छ। उहाँहरूकालागि सरकारी स्वास्थ्य चौकीमै आएर सुरक्षित सुत्केरी गराउने रकम बाहेक पोषणयुक्त खाना र अन्य थप सहयोग आफूहरूले गर्ने गरेका छौं। ‘ स्वयम्सेविका लक्ष्मी सिग्देलले भन्नुभयो।

नियमित चेकजाँच गराएर सोही स्वास्थ्य चौकीमा सुत्केरी गराउने ४ जनासँग सुत्केरी भेट कार्यक्रम भैसकेको र यो क्रम जारी रहने पनि सिग्देलले जानकारी दिनुभयो। स्वयम्सेविकाले यस कार्यक्रम अन्तर्गत सुत्केरीलाई घरमै भेट्न जाने, गर्भवती महिलालाई पनि स्वास्थ्यचौकी चेकजाँच तथा सुत्केरी गराउन सचेतना जगाउने गरेका छन्।

प्रकाशित मितिः २०७२ मंसिर ६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: