लेडी जेसिजमा नयाँ नेतृत्व


प्रकाशित मिति :2015-11-23 11:44:10

महिला खबर 

p2पोखरा, मंसिर ७ । पोखरा लेडी जेसिजको नवनिर्वाचित अध्यक्ष प्रमिला सुवेदीले महिला स्वतन्त्रता, समानता लागि काम गर्ने बताउनु भएको छ ।

 जेसिजको २२ औं अधिवेशनबाट अध्यक्ष बने भएपछि महिला खबरसँग छोटो कुराकानीमा सुवेदिले परिवर्तनको अभास हुने गरी महिला सशक्तिकरण र सामाजिक कार्यलागि जोड दिने बताउनुभयो ।

भाषण गरेर भन्दा घर–घरबाट परिवर्तनको थालनी गरे समाज रुपान्तरण हुने बेर नलाग्ने भन्दै उहाँले ‘संस्थाको आफु प्रतिनिधि भएर होइन समाजमा संस्थालाई नै प्रतिनिधि बनाएर लैजाने बताउनुभयो ।’

सुवेदीले मातृ शाखा पोखरा जेसीजसँगको सामिप्यतामा रहि संस्थाको गरिमामा उचो राख्दै सामाजिक कार्यलाई निरन्तरा दिने बताउनुभयो ।

सो अधिवेशनबाट नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा सकुन्तला कोइराला, महासचिवमा रेनु थापा, कोषाध्यक्षमा शोभालक्ष्मी पौडेल, कानुनी सल्लाहकारमा सन्तु पौडेल र सहसचिवमा गायत्री फुँयाल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा लक्ष्मी सुवेदी, सञ्जिता अधिकारी, सरिता थापा, निर्मला मल्ल सापकोटा तथा निर्देकशकमा प्रभा सुवेदी, निर्मला गुरुङ्ग, सविता गौतम र मुना कोइराला छन् ।

 जेसीज १८ वर्ष देखि ४० वर्ष उमेर समूहका युवाको संस्था हो । यो संस्था नेतृत्व तथा व्यत्तित्व विकास संँगै सामाजिक कार्यमा क्रियाशिल हुँदै आएको छ ।

shova

यसैगरी महिलाको नेतृत्व विकासका लागि पहल गर्ने नारायणगढ लेडी जेसिजको नवनिवाचित अध्यक्ष शोभा गौतम खड्काले बताउनु भएको भयो ।नारायणगढमा भएको नारायगढ लेडी जेसिजको १९ औँ शाखा अधिवेशनबाट उहाँ निवार्चित हुनु भएको हो ।

अध्यक्ष खड्का नारायणगढ लेडि जेसिजको १९ औँ शाखा अध्यक्षमा सर्वसम्मत निवार्चित हुन भएको हो । नारायणगढ लेडी जेसिजका ९ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत नै चयन भएका छन् ।

नारायगढ लेडी जेसिजले क्षमता अभिवृद्धि र शिप विकास लगायतका महिलालाई आत्मनिर्भर बन्न टेवा पुर्याउँदै आएको छ । नारायणगढ जेसिजमा अहिले ३७ जना महिला सदस्यहरू संगठित रहेका छन्

प्रकाशित मिति २०७२ मंसिर ७ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: