यस्तो छ १६ दिने अभियानको तालिका


प्रकाशित मिति :2015-11-23 13:12:39

महिला खबर 

धनगढी मंसिर ७ । धनगढीस्थित महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत विभिन संघसंस्थाहरूले महिला हिंसा विरुद्धको १६ दिने अभियान भव्य रुपमा मनाउने भएका छन् ।

महिला तथा बालबालिका कार्यालय कैलालीको संयोजनमा उक्त अभियान मनाउन लागिएको ओरेक नेपालद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ । मंगलवार जिल्लास्थित ओरेक नेपाल, महिला अधिकार मञ्च, फेडो र माइती नेपालले आधिकारिक रुपमा पत्रकार सम्मेलन गर्दैछन् । महिला विरुद्ध १६ दिने अभियान नोभेम्बर २४ देखि डिसेम्बर ९ गते सम्म मनाइने बताइएको छ ।

अभियान अर्न्तरगत   नोभेम्बर २४ मा पत्रकार सम्मेलन गर्ने, नोबेम्बर २५ मा महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने, नोबेम्बर २६ मा अदालतको फैसला कार्यान्वयनको अवस्था विषयक अर्न्तक्रिया गर्ने, नोभेम्बर २७ मा धर्मसंस्कृतिको नाममा विद्यमान कुरिती न्यूनिकरणका लागि सांस्कृतिक कार्यक्रम वा छलफल गर्ने, नोभेम्बर २५ देखि डिसेम्बर १६ सम्म लैगिंक विभेदमा आधारित हिंसा सम्बन्धि अभिमूखिकरण कार्यक्रम गर्ने, डिसेम्बर ३ मा अपागंता दिवस महिला हिसां विरुद्ध निवन्ध प्रतियोगिता गर्ने, डिसेम्बर ५ मा महिलामाथि हुने हिंसा र स्वास्थ्यको विषयमा छलफल गर्ने, डिसेम्बर ६ मा शहिद महिलाहको सम्झना दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी डिसेम्बर ७ मा आत्महत्याको घटना न्युनिकरणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने र ग्रामीणस्तरका महिला हिंसा विरुद्ध काम गर्ने महिला अधिकारकर्मीहरूको सम्मान कार्यक्रम, डिसेम्बर ९ , मानव अधिकार रक्षक दिवसको अवसरमा मानव अधिकार रक्षकहरूको सुरक्षाको सवालमा छलफल गर्ने र डिसेम्बर १० मा मानव अधिकार दिवसको अवसरमा ¥याली निकालेर अभियान समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २०७२ मंसिर ७ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: