दानको औषधीले थेगिँदैछ प्रसूति गृह


प्रकाशित मिति :2015-11-23 15:59:17

महिला खबर

Jageshoreकाठमाडौं, मंसिर ७ । भूकम्पका बेला दानमा आएको औषधीले थापाथलीस्थित परोपकार प्रसूति गृहले काम चलाइरहेको छ । नाकाबन्दीका कारण भएको औषधी अभावलाई टार्न भूकम्पमा दाताहरूले दिएको औषधी प्रयोग गरिरहेको अस्पतालका निर्देशक प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

‘सामान्यतया दानमा आएको औषधी गुणस्तरको नहने हुनाले प्रयोग गरिँदैन तर, हामीलाई आएको औषधी गुणस्तर को छ  त्यसैले त्यही औषधी चलाइरहेको छौं’ गौतमले भन्नुभयो ।

शल्यक्रियाका लागि प्रयोग हुने धागो र पञ्जा भने स्टकमा रहेको  प्रयोग गरिरहेको उहाँले बताउनुभयो । ‘सवैभन्दा समस्या रगत चढाउने झोलाको समस्या हुने देखिएको छ । अहिलेसम्म व्यवस्थापन गरेको छौं तर, औषधी र झोलाका आपुर्तिकर्ताले  अव व्यवस्थान गर्न नसक्ने भनेका छन्’ गौतम भन्नुहुन्छ ।

यस्तै अवस्था रहने हो भने अब ८/ १० दिनपछि औषधीलगायत सवै कुराको अभाव हुने उहाँ बताउनुहुन्छ ।  औषधीलगायत अन्य अतिआवश्यक सामग्रीको अभावका बारेमा मन्त्रालयलाई जानकारी गराइसकेको गौतमले बताउँनुभयो । ‘औषधी आपुर्तिकर्तासहित मन्त्री र औषधी व्यवस्था विभागका महानिर्देशकलाई भेटिरहेको छौं ।

उहाँहरूले हवाइजहाजबाट औषधी ल्याउने योजना बनाइरहनुभएको छ’  उहाँ भन्नुहुन्छ । विभागले औषधी आयात गर्न समन्वय गरिरहेको जानकारी उहाँले दिनुभयो । यसैगरि गैरअावाशिय नेपालीहरूले पनि नेपालमा अाैषधी  ल्याउने पहल गरिरहेका छन् ।

‘औषधीको अभाव कुनै हालतमा हुन दिनुहुँदैन, आफैँ गएर भनेपनि जहाँबाट हुन्छ त्यहाँबाट ल्याउनुपर्छ’ गौतम भन्नुहुन्छ । जम्मा ४१५  वेड रहेको परोपकार प्रसूति गृहमा दैनिक ४० जना सुत्केरी हुन आउने गरेका छन्   । ४० मध्ये १० वटा जतिको शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

 प्रकाशित मितिः २०७२ मंसिर ७ गते सोमवार   

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: