मेरो बुद्धि दराजमा बन्द गर्छु, आन्दोलन फिर्ता लिनुस् :प्रधानमन्त्री
महिला खबर
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलनको कारण गर्भवती महिलालाई अस्पतालसम्म लैजान नसक्ने अवस्थाको सिर्जना भएको बताउनु भएको छ ।
गैरसरकारी संस्था महासंघको आठौं राष्ट्रिय महाधिवेशन तथा २१ औं साधारण सभाको उद्घाटन गर्दै मुलुकभर औषधी अभाव र तराईमा गर्भवतीलाई अस्पताल लैजान नसक्ने अवस्था भएकोले आन्दोलन छिटो भन्दा छिटो टुङ्ग्याउन आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो ‘आन्दोलनका कारण नेपाली जनताको चुलो नबोल्ने अवस्था र विद्यालय जान नपाउँदा बालबालिकाको भविष्य अन्धकार हुँदैछ । मैले आफ्नो बुद्धि दराजमा बन्द गरेर तपाईका जायज माग सम्बोधन गर्न तयार छु ।’
प्रधानमन्त्री ओलीले तराईमा विदेशी बुहारी ल्याए नागरिकता नदिने गलत हल्ला चलाएको भन्दै यस्ता कुरा विश्वास नगर्न समेत आग्रह गर्नुभयो । महिला, जनजाती, आदिवासी र मधेसी मिलेर बनाएको संविधान मधेस विरोधी हुन नसक्ने दावी गर्नुभयो ।
उहाँले विश्व नै चकित हुने गरी नेपालमा राष्ट्रपति, सभामुखमा महिला निर्वाचित भएको र अब छिट्टै प्रधान न्यायाधीश पनि महिला बन्ने बताउदै भन्नुभयो ‘अब नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुने सम्भावना छ ।’
प्रकाशित मितिः २०७२ मंसिर ७ गते सोमवार
Comment Here!