न्यायाधीश कार्कीको फरियाको कुरा


प्रकाशित मिति :2015-11-24 13:33:24

महिला खबर

ललितपुर,मंसिर ८ । सर्वोच्चका न्यायाधीश सुशीला कार्कीले महिला कानुन व्यवसायीहरूलाई पैसा जोगाउने तरिका सिकाउनु भएको छ ।

देशभरका ६ सय बढी कानुन व्यवसायी भेला भएको एक कार्यक्रममा बोल्दै न्यायाधीश कार्कीले भन्नुभयो–‘१४/१५ हजारका फरिया छोडेर ४/ ५ सयका लिनुस्, मान्छेको इच्छा र आकांक्षाको सीमा छैन् र हुँदैन पनि ।’ न्याय क्षेत्रमा भ्रष्टाचार बढ्यो भन्ने आरोप प्रति इगिंत गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले मञ्चबाट यस्तो बोलिरहँदा हलमा बसेका महिला तथा पुरुष कानुन व्यवसायी हाँस्दै, एकले अर्कोलाई हेरेर ताली पिटिरहे । न्यायाधीश कार्कीले त्यसैमा अगाडि थप्दै भन्नुभयो ‘यहाँ उपस्थित पुरुष कानुन व्यवसायी मित्रहरू सबै खुशी हुनुहुन्छ, यो कुरा त उहाँहरूको श्रीमतीलाई बोलाएर गर्नुपर्ने ।’ त्योभन्दा हलमा हाँसो झनै गुञ्जियो । तर, उहाँले उठाएको विषय सामान्य भने थिएन । कानुन क्षेत्रमा देखिएका विकृतिलाई उहाँले सरलढंगले प्रस्तुत गर्नु भएको हुनुपर्छ ।

फेसनले मान्छे ठूलो हुँदैन, विद्धता हाँसिल गर्न पढ्नुस्, लेख्नुस् भन्दै केही महिला कानुन व्यवसायीको काम प्रति न्यायाधीश कार्कीले खुलेरै प्रशंसा पनि गर्नुभयो ।

उहाँले महंगो पोशाक किन्ने पैसा बालबालिकाको शिक्षामा लगानी गर्न समेत सुझाव दिनुभयो । स्वस्थ्य बन्न, स्वस्थ्य खाना खानुपर्छ, बुट्टा भरेका साडीले होइन भन्दै सामान्य कोट पाइन्ट र सस्ता साडी सफा लगाउनुस् भन्नेमा कार्कीले निकै जोड दिनुभयो ।

प्रकाशित मिति २०७२ मंसिर ८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: