सञ्चार माध्यममा महिलाकाे उपस्थिति २० वर्ष अघिको जस्तै


ग्लोबल मिडिया मनिटरिङ प्रतिवेदन

प्रकाशित मिति :2015-11-24 16:50:28

महिला खबर

ललितपुर, मंसिर ८। सञ्चार माध्यममा महिला र पुरुषबीच कठोर भेदभाव निरन्तर रहेको एक अध्ययनले देखाएको छ।

ग्लोबल मिडिया मनिटरिङ प्रोजेक्ट (जिएमएमपी) ले ११४ वटा मुलुकमा गरेको अध्ययन प्रतिवेदनले सञ्चार माध्यममा महिला र पुरुषको समान प्रतिनिधित्व स्थापितगर्ने सम्बन्धमा भइरहेको प्रगति अघि बढ्न नसकेको देखाएको हो। सोमवार प्रकाशित हालसम्म कै ठुलो अध्ययन भनिएको यस प्रतिवेदनले महिलाले विश्वव्यापी रूपमा समग्र जनसंख्याको ५० प्रतिशत हिस्सा ओगटेको भएपनि केवल २४ प्रतिशत महिलामात्र समाचारपत्र, टेलिभिजन र रेडियोका समाचारहरूमा पढिने, सुनिने वा हेरिने गरेको औंल्याएको छ। मिडियामा महिला चित्रण एवं प्रतिनिधित्वको यो अनुपात पाँच वर्ष पहिले सन् २०१० मा पनि यस्तै थियो।

प्रतिवेदनका अनुसार अनलाइन, इन्टरनेट र  ट्वीटर आएका समाचारमा केवल २६ प्रतिशतमात्र महिलाका, महिलाबारे अथवा महिलासम्बन्धी समाचार हुने गरेका छन्।

समाचार माध्यममा लैङि्गकता सम्बन्धी यस किसिमको पहिलो विश्व सर्वेक्षण सन् १९९५ मा भएको थियो। त्यो बेला ७१ वटा देशमा यो सर्वेक्षण गरिएको थियो। त्यसपछि प्रत्येक पाँच–पाँचवर्षमा यस किसिमको मिडिया–सर्वेक्षण हुँदै आएको छ।

‘मिडियामा त्यस्तो क्षमता छ जसले लैङि्गक समानता र महिला सशक्तीकरणको मुद्दालाई बढी गतिशील, बढी दिगो बनाउनपनि सक्दछ अथवा यस कार्यमा उत्तिकै अवरोध वा तगारो खडा गर्न पनि सक्दछ’ प्रतिवेदनमा भनिएको छ ।

यो प्रतिवेदन मिडिया हाउस र न्युजरुमका लागि ‘जगाउने घण्टी’ हो। लैङि्गक विभेदले मिडिया कभरेजलाई विभिन्न पक्षहरूले ल्याउन सक्ने विविधता, सन्तुलन र आधिकारिकताबाट वञ्चित गरिदिन्छ,’ संयुक्त राष्ट्र संघका उपमहासचिव तथा युएन विमेनका कार्यकारी निर्देशक फुम्जिले म्लाम्बो एनगुकाले भन्नुभएको छ , ‘महिलालाई के कसरी मिडियामा चित्रण/प्रस्तुत गरिन्छ भन्ने कुराले सामाजिक दृष्टिकोणमा पूर्ण प्रभाव पार्दछ र यसले नै महिला–पुरुषको परम्परागत लैङि्गक भूमिकालाई थप प्रभावशाली ढंगले स्थापितगर्न सहयोग पुर्‍याउँदछ। महिला र किशोरी सिङ्गो मानवताका आधा हिस्सा छन्। उनीहरूका कथालाई समान समय र महत्व दिनु, उनीहरूलाई पीडितका रूपमा होइन सकारात्मकपात्रका रूपमा प्रस्तुत गर्नु आदिजस्ता कुराले हामी सबैकालागि स्वतन्त्र विश्वनिर्माण निम्ति कमै मात्र आंकलन गरिएको भूमिका निर्वाह गर्नेछ।’

जिएमएमपी २०१५ की संयोजक डा. सराह माचारियाले यस अध्ययनले समाचार माध्यममा आएका महिला र पुरुषको दृश्य, आवाज र उपस्थिति सबै कुराको अध्ययन गरेको र समाचारका उदाउँदा नयाँ माध्यमका साथै समाचार उत्पादन र सम्प्रेषण हुने सबै स्थानमा समेत तमाम भौगोलिक सिमानाहरू पार गर्दै दशकौंदेखि पूर्वाग्रह व्याप्त रहेको तथ्य फेलापारेको बताउनुभयो।

प्रकाशित मितिः २०७२ मंसिर ८ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: