पुरुषसत्ता र राजनीतिक सत्ताबाट मातेकाहरूले महिला हिंसा गरेका छन् : मन्त्री मैनाली


प्रकाशित मिति :2015-11-25 13:46:08

महिला खबर

काठमाडौं,मंसिर ९ । उपप्रधान तथा महिला बालबालिका मन्त्री सिपी मैनालीले पुरुषसत्ता र राजनीतिक सत्ताबाट मातेकाहरूले महिलामाथि हिंसा गर्ने गरेको बताउनुभयो ।

लैंगिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियानको अवसरमा निकालिएको बृहत -यालीपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री मैनालीले पुरुषसत्ता र राजनीतिक सत्ताबाट मातेकाहरूविरुद्ध अभियान केन्द्रित रहेको बताउनु भएको हो । मानव सभ्यताको विकासको क्रमसँगै महिलामाथि हिंसा हुने परिपाटी सुरु भएको मन्त्री मैनालीको भनाइ थियो ।

????????????????????????????????????

मन्त्री मैनालीले भन्नुभयो ‘हजारौं वर्षदेखि कायम रहेको विभेद रातारात समाप्त हुँदैन, त्यसविरुद्ध हामी जागेका छौं । महिलाहिंसा अन्त्यको लागि नयाँ संविधानले धेरै व्यवस्था गरेको छ, त्यसमध्ये राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गर्ने कुरा समानताको सुरुवात हो । इमान्दारिता पूवर्क कार्यान्वयन भए छिटै समानता आउने छ ।’

सोही कार्यक्रममा बोल्दै महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईले १६ दिनसम्म मनाईने २४ औं अन्तराष्ट्रिय लैंगिक हिंसाविरुद्धको अभियानका बारेमा प्रष्टयाउनु भएको थियो । महिला हिंसाविरुद्धका सदभावना दूत तथा गेर आवाशिया नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले लैंगिक हिंसा अन्त्यका लागि महिलालाई नै सशक्त बनाउनुपर्ने बताउनुभयो ।

महिलालाई सशक्त बनाउने जिम्मा राज्य, हामी र हाम्रो परिवारमा रहेको सदभावदूत घलेको भनाइ छ । उहाँले भन्नुभयो ‘त्यसको सुरुवात हामी पुरुषबाट गर्नुपर्छ ।’

DSC_0982

यसैवीच सरकारले नायक राजेश हमाल, नेपाली क्रिकेट टिमका कप्तान पासर खड्का र एनआरएनका अध्यक्ष शेष घलेलाई लैङ्गिक हिंसाविरुद्धका सदभावदूत नियुक्त गरेको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुननिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने मूलनारा सहित आजदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

महिला आयोग र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको बृहत -याली काठमाडौंको भृकुटी मण्डपबाट सुरु भइ वसन्तपुरमा पुगेर कोणभषामा परिणत भएको थियो ।

-यालीमा नेपाल प्रहरी व्याण्ड बाजा सहित सहभागी भएको थियो भने महिला सुरक्षाकर्मी, महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरू, मन्त्रालयका कर्मचारी र महिला अघिकारकर्मी पुरुषहरूको पनि उपस्थिति रहेको थियो । कोण सभामा मण्डला थिएटरले महिला हिंसा अन्त्य गर्नुपर्ने सन्देशसहितको सडक नाटक प्रस्तुत गरेको थियो ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

?

प्रकाशित मिति २०७२ मंसिर ९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: