महिला खबर
काठमाडौं, मङ्सिर ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानले महिलाका हकअधिकारलाई सुदृढ गर्ने प्रयास गरेको र यसबाट नेपाली महिलामा हौसला बढेको बताउनुभएको छ ।
महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा दिनुभएको शुभकामना सन्देशमा उहाँले संविधान प्रदत्त महिला हकअधिकारलाई कार्यान्वयन गर्न नयाँ कानुन, नीति तथा कार्यक्रम निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता अाैल्मायाउनु भएकाे छ ।
‘संविधान सभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको वर्षौं पुरानो आकाङ्क्षा नेपालको संविधान २०७२ जारी भएपछि पूरा भएको छ, अब हामी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै अघिबढ्ने चरणमा प्रवेश गरेका छौँ’, नयाँ संविधानमा समाविष्ट सबै क्षेत्र र समुदायका जनताका हकअधिकारहरू कार्यान्वयन गर्दै अघिबढ्नु परेको छ’ राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला सामाजिक, आर्थिक, साँस्कृतिकलगायतका विभेदमा पारिएको पृष्ठभूमिमा घर, समाज तथा सिङ्गो मुलुकको विकासका निम्ति आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाको सर्वतोमुखी विकास हुनु अपरिहार्य छ ।’
उहाँले महिला घर, समाज, देश र विश्वव्यापी रूपमा नै सुरक्षित हुनु आवश्यक भएको र सामाजिक रूपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहित गरिनुपर्ने जनाउँदै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र उत्पीडनलाई समाप्त पार्दै मर्यादित समाज निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
प्रकाशित मितिः २०७२ मंसिर ९ गते बुधवार
Comment Here!