आन्दोलनका कारण  गर्भवती,सुत्केरी र  बालबालिका अस्पताल जान सकेनन


चौतिस लाख बालबालिका गम्भीर प्रभावित

प्रकाशित मिति :2015-11-25 15:11:19

महिला खबर

काठमाडौं, मंसिर ९ । मधेश आन्दोलनका कारण गर्भवती सुत्केरी, नवजात शिशु, बालबालिका तथा वृद्धवृद्धालाई स्वास्थ्य संस्थासम्म जान असुविधा भएको  अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले मङ्गलवार   श्वेतपत्र जारी गरी तराई मधेसमा जारी बन्द हड्तालका कारण ३४ लाख ७६ हजार बालबालिका गम्भीररुपमा प्रभावित भएको जनाएकाे छ ।

‘देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशा’ श्वेतपत्रमा तराई मधेसका २० जिल्लामा शैक्षिक गतिविधि अवरुद्ध भएको र आपूर्ति प्रणालीमा आएको अवरोधका कारण बाल विकास केन्द्रमा रहेका ११ लाख बालबालिका, कक्षा १ देखि कक्षा १२ सम्मका ७५ लाख ४२ हजार विद्यार्थी र उच्च शिक्षाका छ लाख ५२ हजार विद्यार्थी प्रभावित भएको छ’ श्वेतपत्रमा भनिएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको सो श्वेतपत्रमा यातायतको असुविधका कारण काठमाडौँ उपत्यकाका संस्थागत र सामुदायिक विद्यालय पनि प्रभावित भएको जनाइएको छ ।

यस्तै आगामी शैक्षिक सत्रमा ७२ लाख विद्यार्थीलाई निःशुल्क प्रदान गरिने पाठ्यपुस्तक छपाइमा प्रभाव पारी समयमा पुृस्तक उपलब्ध नहुने अवस्था आएको, विद्यालय क्षेत्र सुधार कार्यक्रमका उद्देश्य र लक्ष्य हासिल गर्ने कार्यमा अवरोध आउने, शैक्षिक उपलब्धि गुम्ने खतरा रहेको सरकारले जनाएको छ ।

तराई मधेसको आन्दोलनका कारण कतिपय स्वास्थ्य संस्था बन्द भएको, सेवा प्रवाह हुन सकेका छैनन्´ श्वेतपत्रमा भनिएको छ ।

बजारमा अत्यावश्यक र जीवनदायिनी औषधि तथा रगतको अभाव हुन थालेको, मानव अङ्ग प्रत्यारोपणजस्ता सेवा कटौती गर्नुपरेको, बालबालिकाको आधारभूत खोप सेवा प्रभावित हुन थालेको र पोषणसम्बन्धी सेवामा असर पर्न गई गम्भीर मानवीय सङ्कट आउने र स्वास्थ्य क्षेत्रमा हालसम्मका प्रगति गुम्ने खतरा श्वेतपत्रमा औल्याइएको छ ।

प्रकाशित मितिः २०७२ मंसिर ९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: