महिला खबर
ललितपुर, मंसिर ९। अर्न्तराष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० का अवसरमा गरिने मानव अधिकार महाभेला तयारी सम्बन्धमा आयोजक संस्थाहरूबीच छलफल भएको छ। यसपाली नोवेम्बर २५ देखि डिसेम्बर १८ तारिकसम्म महाभेला गरिने महा भेलाको संयोजन गरिरहेको संस्था बियोण्ड बेइजिङ्ग कमिटी(बीबीसी) ले जनाएको छ।
बीबीसीका अनुसार महाभेलामा सय भन्दा बढी संघसस्था आवद्ध छन्। ६ वर्षदेखि मानव अधिकारका विषयलाई विषयगत रुपमा उठान गर्न महाभेलाको आयोजना गरिँदै आएको बीबीसीका उपाध्यक्ष शुशिला श्रेष्ठले बताउनुभयो।
महाभेलामा मानव अधिकारका विषयबस्तुलाई समानान्तर गोष्ठी गरि बृहत छलफल गरिने छ।
प्रकाशित मितिः २०७२ मंसिर ९ गते बुधवार
Comment Here!