धरानमा महिला बन्दिका लागि छुट्टै हिरासत


प्रकाशित मिति :2015-11-26 11:43:48

धरान, मंसीर १० । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इलाका प्रहरी कार्यालय धरानमा महिला बन्दीका लागि छुट्टै हिरासत सुरु गरिएको छ । महिला सञ्जाल धरानको पहलमा सुरु भएको हिरासतको इलाका प्रहरी कार्यालयका डिएसपी सुदाम कुमार सिजापतीले उद्घाटन गर्नुभयो ।

इलाका प्रहरी कार्यालयभित्र सुरू गरिएको हिरासतमा करिव १० जना कैदी बन्दि अट्ने क्षमता छ । हालसम्म विभिन्न मुद्धामा पक्राउ परेका महिलालाई वडा प्रहरी कार्यालयको अँध्यारो र अव्यवस्थित कोठामा राखिने गरिएको थियो ।

सोही कार्यक्रमा बोल्दै महिला सञ्जालकी अध्यक्ष शीला बज्राचार्यले प्रहरीमा उजुरी गर्न आउने महिला फर्किएर घर जान समस्या हुने भएकाले सेफ हाउसको समेत आवश्यकता रहेको बताउनु भयो । हिरासतमा महिला प्रहरी नै राखेर सुरक्षा व्यवस्था गरिने छ ।

प्रकाशित मिति २०७२ मंसिर १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: