लैङि्गक हिंसाविरुद्धको अभियानमा कास्की


प्रकाशित मिति :2015-11-26 11:56:07

जमुना वर्षा शर्मा

पोखरा, मंसिर १० । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुर्ननिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने उद्घोषका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान कास्कीमा सुरु भएको छ ।

कास्कीमा कार्यरत विभिन्न संघसंस्थाहरूको समन्वयमा २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म हिंसाविरुद्धका विभिन्न कार्यक्रम सार्वजनिक गरिएको छ । अभियानको सुरू पोखरामा महिला हिंसाविरुद्धको सामूहिक र्‍याली निकालेर गरिएको छ ।

१६ दिने अभियान भर लैगिंक हिंसाविरुद्धको अभियानमा प्रतिवद्धता जनाउँदै हस्ताक्षर, सडक नाटक, प्लेकार्ड सहित जुलुश प्रर्दशन, मानव बेचविखनविरुद्ध अभिमुखिकरण कार्यक्रम रहेका छन् ।

today pic

यसैगरी बालबालिका तथा महिला हिंसाविरुद्धका कार्यक्रमलाई राजनीतिक दलका महिला तथा पुरुष प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख तथा महिला कर्मचारी र विभिन्न डान्सबार, होटल तथा पार्लरहरूमा कार्यरत महिलाका बीच अन्तक्रिया कार्यक्रम र सरकारी स्कुलहरूमा नाटक प्रदर्शन गरिने इन्सेकका कार्यक्रम संयोजक सवनम शर्माले जानकारी दिनुभयो ।

आसन, भाषण र शासनमा महिला छैन भने नोट अफ डिसेन्ट अभियानका बारेमा राजनीतिक दल तथा सरकारी निकायहरूमा ज्ञापन पत्र बुझाउने, संविधानमा महिला अधिकार तथा सहभागिताका विषयमा अन्तक्रिया गर्ने, कानुनी सचेतनाका जगाउनेलगायतका रहेका छन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चारमाध्यम, नागरिक समाज ,कानुन व्यवसायी, बौद्धिक एवं सामाजिक व्यक्तित्वहरूलाई आव्हान गरिएको महिला तथा बालबालिका कार्यालय पोखराका प्रमुख लक्ष्मी जि.सिले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ मंसिर १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: