क्षेत्रीय सम्मेलनमा लैंगिक विभेद र महिला अधिकारको बहस


प्रकाशित मिति :2015-11-26 12:58:54

महिला खबर

नेपालगन्ज, मंसिर १० । बिहीवार देखि नेपालगन्जमा सुरू भएको सहभागितामूलक लोकतन्त्र पश्चिम क्षेत्रीय सम्मेलनमा लैंगिक विभेद र महिला अधिकारको बारेमा बहस सुरू भएको छ ।

एक्सनएड नेपालको आयोजनामा नवलपरासी देखि कञ्चनपुरसम्मका ११ जिल्लाका सामाजिक अगुवा, प्राध्यापक, कानूनव्यवसायी, अधिकारकर्मीको सहभागिता रहेको सम्मेलनमा मुस्लिम महिलाको निर्णायक तहमा पहुँच र सहभागिता सम्बन्धि मुद्दा, वैतडेली महिलाको चुनौति र घरेलु हिंसा र समग्र महिला हिंसाको बारेमा बहस हुने एक्सन एड नेपालका पश्चिम क्षेत्रीय संयोजक सरोज पोख्रेलले जानकारी दिनुभयो ।

निर्वाचनमा आधारित लोकतन्त्रले मात्रै जनताको सबै चाहना समेट्न नसक्ने भएकाले लोकतन्त्रलाई आम जीवनमा अनुभूत गर्ने गरी कसरी व्यवस्थित गर्ने र नेपाली समाज अनुसार कसरी बढाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा सहभागि सामुदायिक सहयोग समिति कैलाली अध्यक्ष एवम् वादी महिला आन्दोलनकी नेता उमा वादीले महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने परम्परामा सुधार आएपनि पुरुष सरह बराबर हिस्सेदारको रुपमा स्वीकार्न नसकेको बताउनुभयो । विगतमा दुई छाक खानकै लागि शरीर बेच्न बाध्य वादी छोरी चेली अहिले राम्रो शिक्षा दिक्षा आर्जन गरेको उहाँले उल्लेख गर्नुभयो ।

सम्मेलनमा कमैया महिला जागरण समाज बर्दियाकी अध्यक्ष कृष्णी चौधरीले कमैया महिलाको अवस्था र हक अधिकारका विषयमा जानकारी गराउनु भएको छ भने फातिमा फाउण्डेशन नेपालकी महासचिव शबनम परवीनले मुस्लिम महिलाको निर्णायक तहमा पहुँच र सहभागिता सम्बन्धि प्रस्तुति गर्नु भएको छ ।

एक्सन एड नेपालका राष्ट्रिय निर्देशक बिमल फुयालले लोकतन्त्र भनेको किन्ने बेच्ने वस्तु नभएकोले यसलाई नेपाली समाज अनुसार निर्माण गर्दै जानु पर्नेमा जोड दिनुभयो । सम्मेलन भोली शुक्रवारसम्म चल्नेछ ।

प्रकाशित मिति २०७२ मंसिर १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: