अदालतमा हिंसाविरुद्ध उभिँदा निष्पक्षताको नाटक जरुरी छैनः प्रधान न्यायधिस


हिंसा गर्ने पुरुषकाे काम अात्मघाती

प्रकाशित मिति :2015-11-26 13:22:14

महिला खबर
काठमाडौं, मंसिर १०। प्रधान न्यायधिस कल्याण श्रेष्ठले महिलामाथि कुनै पुरुषले हिंसा गर्छ भने उसले आत्मघाती काम गरिरहेको छ भन्ने बुझाउनुपर्ने बताउनुभएको छ। लैगिंक समानताका लागि पुरुष सहभागी सञ्जालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधान न्यायधिस श्रेष्ठले जवसम्म महिला र पुरुषबीच भेदभावको सोचको समूल उन्मुलन हुँदैन तवसम्म हिंसा अन्त्य हुन नसक्ने बताउनुभयो।

श्रेष्ठले भन्नुभयो ‘मेरी श्रीमती, छोरी, बुहारी दुःखी हुँदा म एक्लो कसरी खुशी हुन सक्छु? त्यसैले राजनीतिक, सामुदायिक र वर्गको सार्वभौमिकता भन्दा मानविय सार्वभौमिकता सर्वोपरी हो।’

unnamed

समाजमा महिला र पुरुषको सम्बन्ध बादी र प्रतिवादीको जस्तो हुन नहुने उहाँको भनाइ थियो। महिला र पुरुषबीचको सम्बन्ध उच्च र नीच हुँदा समानता कायम नहुने भन्दै उहाँले राजनीतिक, सामाजिक, साँस्कृतिक र कानुनी रुपमा समेत हिंसाले जरो गाडेकाले यो विस्तारै निवारण हुने आैंल्याउनु भयो। ‘महिला पीडित र पुरुष पीडक भएको अवस्था छ यस्तो खालको पुरुषत्व मलाई कदापी मञ्जुर छैन’ उहाँले भन्नुभयो।

१८ वर्ष अघि अदालतमा आफूले लैगिंक न्यायका बारेमा बोल्दा महिलाबादी भएको आरोप खेपेको स्मरण गर्दै उहाँले अहिले महिला अधिकारविरुद्ध बोल्ने आँट कसैमा नभएको स्पष्ट पार्नुभयो।

संविधान र कानुनहरू कागजमा मात्रै सिमित हुँदा आम नागरिकले लाभ लिन नसकेको भन्दै उहाँले महिलामाथि हुने हिंसाका व्याख्या अदालतले धेरै गरिसकेको र अदालतमा महिला हिंसाविरुद्ध संधै न्यायकर्मी उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘अदालतमा महिला हिंसाविरुद्ध उभिँदा निष्पक्षताको नाटक जरुरी छैन।’

कार्यक्रममा गैरसरकारी संस्था महासंघकी निवर्तमान अध्यक्ष शर्मिला कार्कीले महिलालाई आर्थिकरुपमा शसक्तिकरण गरि आत्मनिर्भर बनाउने नीति ल्याउन सके हिंसा आफै कम हुने बताउनुभयो।
वियोण्ड बेइजिङ कमिटीकी अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले महिलापुरुषबीचको शक्ति सम्बन्ध र परम्परागत सोच र धारणामा परिवर्तन नगरी लैगिंक समानता कायम नहुनेमा जोड दिनुभयो।

कार्यक्रममा यूएन विमेनका आवाशीय प्रतिनिधि जियाद शेखले महिलालाई हेर्ने दृष्टिकोण र सामाजिक मान्यतामा परिवर्तन ल्याउन पुरुष र युवाहरुको भुमिका महत्वुर्ण हुने औंल्याउनुभयो। उहाँले भन्नुभयो ‘समाजले पुरुषलाई जुन खालको भूमिका दिएको छ यसले उनीहरूलाई हिंसा गर्न छुट दिएको छ त्यसैले यो विश्ववव्यापी चूनौतिलाई सामना गर्न सवै क्षेत्रको सहकार्य जरुरी छ।’

प्रकाशित मितिः २०७२ म‌सिर १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: