झापाका ४ हजार महिलाले भीआईए सेवा लिए


प्रकाशित मिति :2015-11-26 16:24:19

लक्ष्मी दर्नाल

झापा, मङ्सिर १० । नेपाल परिवार नियोजन संघ झापाले सञ्चालन गरेको भीआईए सेवाबाट यहाँका ४ हजार महिला लाभान्वित भएका छन् । संघले महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै सुरू गरेको सो सेवाबाट डेढ वर्षको अवधिमा चार हजार महिला लामान्वित भएको नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष दीपेन्द्र ढकालले बताउनुभयो ।

‘पाठेघरको मुखमा क्यान्सर लाग्न सक्ने कोष छ कि छैन भनेर पत्ता लगाउने विधि नै भीआईए प्रविधि हो’ ढकालले भन्नुभयो । यो विधि अपनाएर महिलाको पाठेघरमा क्यान्सर लाग्न सक्ने सम्मावना पत्ता लगाउने सजिलो उपाय भएपछि झापाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका महिला अहिले भीआईए परीक्षणका लागि नेपाल परिवार नियोजन संघको कार्यालय आउने गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
अझैंपनि चेतना अभावका कारण अधिकांश महिला पाठेघरको क्यान्सरबाट पीडित हुने गरेको जनाउँदै संघले विभिन्न समयमा भद्रपुर, मेचीनगर , कनकाई नगरपालिका सहित वाहुनडाँगी र धाइजन लगायतका स्थानमा भीआईए परीक्षणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको नेपाल परिवार नियोजन संघ झापाका प्रमुख चन्द्रमणि पौडेलले बताउनुभयो । जसबाट ग्रामीण क्षेत्रमा रहेका धेरै महिलाले लाभ लिएका छन् ।

कार्यालय प्रमुख पौडेलले भन्नुभयो ‘तालिम प्राप्त स्वास्थ्य प्राविधिकहरुले पाठेघरको मुखमा विशेष रसायन राखेर हेरेपछि कलरको सहायताले १० वर्षपछिसम्म लाग्न सक्ने क्यान्सरका वारेमा दुई मिनेटमा यो विधि अपनाएर आफूमा क्यान्सरको सम्भावना छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।’

यसरी सहजरुपमा आफूमा क्यान्सर लागेको छ वा छैन भनेर परीक्षणका लागि आउने महिलाबाट नाम दर्ता गराएवापत ५० रुपैयाँ मात्र सेवा शुल्क संघले लिने गरेको कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

सुरु सुरुमा क्यान्सर भेटिएला कि भन्ने डरले महिला कमै मात्रामा स्वास्थ्य परीक्षणका लागि आउने गरेका महिलाको संख्यामा अहिले वृद्धि भएको नेपाल परिवार नियोजन संघले जनाएको छ ।

संघका अनुसार रिपोर्टका आधारमा उनीहरूलाई उचित परामर्श दिने गरेका कारण महिला गत वर्षको तुलनामा यो वर्ष वढी कार्यालयमा आएर स्वास्थ्य परीक्षण गराएका हुन ।

तालिमप्राप्त स्वास्थ्य कर्मीले रसायनको माध्ययमबाट महिलाको पाठेघरको मुखको जाँच गरिसकेपछि फरक खाले रङ देखा परे पोजेटिभ र रंगमा परिवर्तन नआए रिपोर्ट नेगेटिभ छ भनेर वुझ्नुपर्छ संघका कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

प्रकाशित मिति २०७२ मंसिर १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: