हिंसाविरुद्ध कानुनी सचेतना तालिम


प्रकाशित मिति :2015-11-27 11:42:35

महिला खबर

पोखरा,मंसिर ११ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा कास्कीमा मानव बेचविखनविरुद्ध कानुनी सचेतना तालिम दिएको छ ।
महिला उत्थान तथा जागरण केन्द्र कास्कीले आयोजना गरेको तालिममा महिला हिंसाविरुद्धको १६ दिने अभियानको महत्व, सेतो रिबन अभियानको बारेमा जानकारी गराउनुका साथै मानव बेचबिखनका कारणहरू, रोकथामका उपाय, मानवबेचविखन तथा ओसारपसार, सजाय र उजुरी प्रकृयाका बारेमा केन्द्रका अध्यक्ष गिता कुमारी पौडेल, र सचिव चमेली खाँतीले सहजिकरण गर्नु भएको थियो ।

आर्थिक अभाव, चेतनाको कमि, अशिक्षा ,बेरोजगारी समस्या, वैदेशिक रोजगारी, अपरिचित व्यक्तिको प्रलोभन साथै आफन्तबाट समेत मानव बेचविखन हुने गरेका घटनाहरूलाई तालिममा औल्याईएको थियो ।

पछिल्लो समयमा पोखरा आन्तरिक रुपमा मानव बेचबिखन हुने शहरको रुपमा विकास हुन थालेको भन्दै यसको रोकथामका लागि तालिम उपलब्धि मुलक रहेको मानव बेचविखनविरुद्ध निगरानी समूह छोरेपटनका संयोजक सरिता घिमिरेले बताउनुभयो ।

तालिममा मानवबेचखिन विरुद्ध निगरानी समूहका ३० जना महिलाको सहभागिता रहेको संस्थाका कोषाध्यक्ष विन्दु शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ मंसिर ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: