निरक्षर महिलाको व्यावसायिक तरकारी खेती


प्रकाशित मिति :2015-11-27 12:12:41

खेमा बस्नेत

कैलाली, मंसिर ११ । बझाङ मालुमेला ९ निवासी तुलसी भण्डारी व्यवसायिक तरकारी खेती गर्ने सोचमा छिन् । घर आगनमा रहेको करी २ रोपनी पाखो जमिनमा गहुँखेती गर्दै आएकी उनी अव व्यावसायिक तरकारी खेती गर्ने बताउँछिन् । यस अघि व्यावसायिक रुपमा तरकारी खेती नगरेपनि पहिलो पटक तरकारी लगाउँदा राम्रो फलेपछि उनी व्यावसायिक रुपमा नै तरकारी लगाउने सोचमा छन् ।

मालुमेला ९ तोलेनीमा बस्दै आएको उनको परिवारले यस अघिसम्म आफ्नो लागि मात्रै तरकारी लगाउने गरेको थियो । तुल्सीले पहिलो पटकमै तोलेनीमा यसअघि कसैले नफलाएका मोमफली, अदुवा, काउँली, टमाटर, बन्दा जस्ता तरकारी फलाएकी छिन् ।

उनले व्यावसायिक तरकारीका लागि प्राविधिक ज्ञान र सीपको सहयोग नपाएपनि आफ्नै अनुभवले तरकारी खेती गर्न थालेको बताइन् ।
‘मुलाई नयाँ प्रविधिको भन्याको थाहा छैन’ उनले भनिन् ‘ आफूले जसरी जान्याको छ त्यसरी लगाउँन लागेका हौं ।’ श्रीमानले तरकारीमा फाइदा हुने बताएपछि कम खर्च र सजिलो मेहनतमा तरकारी खेती गर्ने योजना बनाएको उनले बताइन् ।

20151119_142953

            तरकारी बारीमा काम गर्दै मालुमेला ९ तोलेनीकी तुल्सी भण्डारी ।

पुर्खादेखि परम्परागत खेतीमा निर्भर यस क्षेत्रका मानिस व्यावसायिक खेतीबारे अनविज्ञ छन् । यातायातको सुविधा नहुँदा उत्पादित वस्तुले बजार नपाउने भएकाले पनि धान गहुँ, कोदो मकै जस्ता जिवन निर्वाहका वालीहरु लगाउँदै आएका थिए ।

बझाङ सदरमुकाममा यातायात पुगेपछि अहिले यस क्षेत्रका महिला परम्परागत खेतीबाट आधुनिक तिर ढल्केका छन् । पहिले कोदो लगाउने गरामा अहिले भटमास, मास, गहत लगायत दालजन्य खेती र तरकारी खेती गर्न थालेका छन् । जसले गर्दा सजिलै आम्दानी गर्न सकिछ भन्ने सोचको विकास भएको छ । गहुँ र धान लगाउँदा बढी मेहनत चाहिने तर आम्दानी कम चाहिने र आम्दानी बढी हुने भएकाले महिला अरू कामकाज छोडेर नगदेवाली र तरकारी खेतीतिर आकर्षित हुन थालेको महिला बताउँछन् ।‘गहुँ लगाउने सबै पाखामा दाल लगाएकी छु’ बझाङ पौवागढी गाविस ९ खैराडी निवासी भूजी ऐरले भनिन्‘ अहिले दाल महंगोमा विक्री हुने भएकाले गहत, भटमास, मसुरो लगाउने गरेका छौं ।’

महिला पनि व्यावसायिक रुपमा कृषि गर्न लागेपछि पुरुषले पनि साथ दिन थालेका छन् । श्रीमान श्रीमती मिलेर काम गर्दा सजिलो हुने भएकाले आफूहरू पनि श्रीमतीले गर्दै आएको तरकारी खेतीमा सहयोग गर्दै आएको तोलेनीका लक्ष्मीराज भण्डारीले बताए ।

उनले शहरी क्षेत्रको उपलब्ध सीप र प्राविधिक सहयोग ग्रामिण महिलालाई आवश्यक रहेको बताए । महिला कृषिमा लाग्न थालेपनि उनीहरूलाई कतैबाट प्रोत्साहन मिलेको छैन ।  दुईवर्षदेखि व्यावसायिक प्याजको विउ उत्पादन गरिरहेकी जयपृथ्वी नगरपालिका सुवेडाकी नन्दा सिंहले  कृषि कार्यालयबाट प्राप्त हुने सेवा सुविधा र अनुदान नपाएको गुनासो गरिन् ।

राज्यले महिला व्यावसयीहरूका लागि आवश्यक प्राविधि, बजार र आर्थिक सहयोग गरेमा ग्रामिण महिलाह व्यावसायिकता तर्फ आकर्षित हुने दावी गरिन् । साथै उनले महिलाहरू मेहनती भएपनि सबै ठाउँमा सिचाईंको लागि पानी र औजारको समस्याले व्यावसायिक तरकारी खेती गर्न नसकिएको बताइन् ।

प्रकाशित मितिः २०७२ मंसिर ११ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: