महिला खबर
एजेन्सी, मंसिर ११। अफ्रिकी मुलुकमा प्रचलित महिलाको योनी छेदन गर्ने परम्पराको चौतर्फी विरोध हुन थालेपछि अहिले केही अफ्रिकी देशले यसलाई प्रतिबन्ध लगाउने कार्यलाई अगाडि बढाएका छन्।
अफ्रिकाका २७ देशमा अहिलेपनि महिलाको योनी छेदन (female genital mutilation) गर्ने परम्परा रहेको छ। यो परम्परा लैङ्गिक हिंसाको चरम रुप हो जसले महिलाको यैनिकतालाई नियन्त्रण गर्न खोजेके भन्दै अधिकारकर्मीले बिरोघ गर्दै आएका छन् ।
विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २००८ मा योनी छेदन अन्त्य गर्न प्रस्ताव पनि पास गरेको छ। बेलायतबाट प्रकाशित हुने द गार्जियन पत्रिकाले पनि क्यामपेन पिटिसन वेवसाइट र चेन्ज डट ओ आर जी मार्फत अफ्रीकी मुलुकमा योनी छेदन अन्त्य गर्न २०१४ देखि बृहत अभियान सुरु गरेको थियो।
पछिल्लो समयमा नाइजेरीयालगायत १८ वटा अफ्रिकी देशहले महिला हिसांविरुद्धको यस्तो चरम विभेदपुर्ण चलनको अन्त्य गरेको छन् । अहिले गाम्बियाले पनि योनी छेदनलाई अन्त्य गर्ने प्रतिबद्धता गरेको छ।
गाम्बियाका राष्ट्रपति यह्या जेम्मेहले महिला हिंसाविरुद्धको अन्तर्रष्ट्रिय दिवस नोभेम्बर २५ को पुर्वसन्ध्यामा दक्षिण अफ्रिकाका दुई तिहाइ महिलालाइ असर गर्ने यहाँको महिला हिसांविरुद्धको पुरानो परम्परा अर्थात महिलाको योनी छेदन गर्ने परम्परालाई अन्त्य गरेको घोषणा गरेका छन् ।
द गार्जियनले योनी छेदन अन्त्य गर्न आयोजना गरेको अभियानकै क्रममा गाम्बियाले यस्तो निर्णय सार्वजनिक गरेको हो। राष्ट्रपति यह्या जेम्मेहले यसबारे कानुन बन्न समय लाग्ने भए तापनि यस्को पालना तुरुन्त नै हुने जानकारी दिएका छन्।
अफ्रिका र मध्यपुर्वका १३ करोड महिलाको योनी छेदन गर्ने परम्पराबाट पीडित भएको तथ्याङ्कले देखाएको छ।गाम्बियामामात्रै ७६ प्रतिशत महिला योनी छेदनबाट प्रभावित छन् । १४ वर्षको उमेरसम्ममा करीब ५६ प्रतिशत बालिकाको योनी छेदन हुने गरेको बताइएको छ।
अफ्रीकी मुलुक सोमालिया संसारमै सबै भन्दा बढी महिलाको योनी छेदन गर्ने देशमा पर्दछ। सोमालियाका महिला मामिला मन्त्रालयका प्रवक्ताले यसलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। हाल सोमालियामा ९८ प्रतिशत महिलाको ४ देखी ११ वर्षकै सानो उमेरमा योनी छेदन गर्ने गरिन्छ ।
महिलाको योनीको बाहिरी भागलाइ पुर्ण वा अर्ध रुपमा काटेर फाल्नुलाइ योनी छेदन (female genital mutilation) भन्ने बुझिन्छ, । जसले गर्दा महिलामा अत्यधिक पीडा र रक्तस्राप हुनुका साथै गर्भधारणमा पनि कठिनाइ हुनेगर्दछ । योनी छेदन महिलाको मानव अधिकारको ठुलो उल्लङ्घन भएको भन्दै यो प्रचलनको अफ्रीकीमुलुक भित्रै व्यापक बिरोध हुँदै आएके थियो ।
अन्य समाचार
नाईजेरीयामा योनी छेदन् प्रथाविरुद्ध कानुन
प्रकाशित मिति :२०७२ मंसिर ११ गते शुक्रवार
Comment Here!