राष्ट्रलाई बन्धकी राखेर दबाबमा गलत मागको सम्बोधन हुँदैन : राज्यमन्त्री शाही


प्रकाशित मिति :2015-11-27 15:16:27

भक्तपुर

भक्तपुर, मंसिर ११ । संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले स्थानिय निकायको निर्वाचन तत्काल गर्ने पहल मन्त्रालयले सुरु गरेको बताउनु भएको छ ।

रफत सञ्चार क्लवले गरेको साक्षत्कार कार्यक्रममा बोल्दै शाहीले संविधान सभाको निर्वाचन कै समयमा दलहरूको घोषण पत्रमा समेत ६ महिनाभित्रै गरिने भनेको स्थानिय निकायको निर्वाचन हुन नसकेकाले जति सक्यो छिटो निर्वाचन गरिने बताउनुभयो ।

मधेस आन्दोलनका जायज मागलाई राजनीतिक रुपबाट सम्बोधन गर्नु पर्ने भन्दै उहाँले भन्नुभयो ‘राष्ट्रलाई बन्धकी राखेर कसैको दबाबमा आन्दोलनका नाममा सरकारले गलत मागहरूको सम्बोधन गर्न सक्दैन ।’

उहाँले भारतले गरेको अघोषित नाकाबन्दी पश्चात् नेपालमा कालो बजारीको बिगबिगि बढेको र त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको समेत बताउनुभयो ।

मन्त्री शाहीले नेपाली सिमापार गरेर भारतिय सुरक्षा बल एसएसबीले नेपाली नागरिकमाथि गोली हान्नु नियन्दनीय भएको भन्दै घटनाको तत्काल छानबिन गरेर दोषिलाई कारवाही गर्न सरकारले भारतिय राजदुताबास मार्फत दिल्ली सरकारलाई जानकारी गराएको बताउनुभयो ।

उहाँले भारतले गरेको नाकाबन्दीपछि चीनतर्फका कानाकाहरू खुलाउने र देशको हितका लागि केही नयाँ सम्झौता गगर्न लागेको समते बताउनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर ११ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: