महिला हिंसाविरुद्ध बनेका कानुन कार्यान्वयन हुन्छन् : सीपी मैनाली


प्रकाशित मिति :2015-11-27 16:53:56

महिला खबर
हरेक वर्ष महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय  दिवश २५ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवश १० डिसेम्बरसम्म विश्वव्यापी रुपमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । नेपालमा पनि सरकारी र गैरसरकारी संस्थाले अभियान अन्र्तगत बिभिन्न कार्यक्रम गरिरहेका छन् । यसै सन्दर्भमा महिला खबर डट कमका तर्फबाटदुर्गा कार्कीले उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीसँग गरेको कुराकानी ।

महिलामाथि हिंसा गर्नेहरू को हुन्  ?

DSC_1055

महिलामाथि हिंसा गर्ने राज्यसत्ता र पुरुषसत्ता हुन् । पुरुषसत्ता र राजनीतिक सत्ताबाट मातेकाहरूले महिलामाथि हिंसा गर्छन् । यी दुबैखाले हिंसाविरुद्ध यो १६ दिने अभियान केन्द्रित छ । यो सन्दर्भमा सरकार, महिला आयोगको संयोजनमा अभियान भइरहेको छ । सरकारले हिंसाविरुद्ध सदभाव र शक्ति प्राप्त गर्न ३ जना पुरुषलाई लैगिंक हिंसाविरुद्ध सदभाव दुत बनाएको छ ।  विभेद र हिंसा के हो भन्दा मानव सभ्यताको विकासको क्रममा महिलामाथि हिंसा हुने एउटा परिपाटी सुरु भयो । यो घटना मात्रै होइन परिपाटी नै सुरु भएको छ । जव समाजमा पुँजीमाथि व्यक्तिको स्वामित्त सुरु भयो । यो परिपाटी दास युग, सामन्ती र पुँजीबादी युग अहिले छ हिंसाको जरो यी सँगै आएको छ । सभ्यताको युग सुरु भएको केही हजार वर्ष पछि नै महिलामाथि हिंसा सुरु भयो ।

महिलामाथि भईरहेका यस्ता विभेद र हिंसा अन्त्य गर्न वर्षको एक पटक गरिने यस्तो अभियानले संभव छ र ?
अव यी हिंसालाई कम गर्न नयाँ संविधानले व्यवस्था गरेको छ । संविधानले गाउँघर सञ्चालन र राज्य सञ्चालन गर्न समावेशी बनाउने व्यवस्था गरेको छ । संविधानको प्रस्तावना मै समानुपातिक आधारमा समावेशी राज्य र समाज व्यवस्था निर्माण गर्ने संकल्प राखिएको छ । सुरुवात नै समावेशीबाट गर्ने प्रावधानहरू राखिएको छ । जनसंख्याको आधारमा हरेक कुरामा समानता आजको आजै गर्न सकिँदैन । तर, सुरुवात समावेशीबाट गरिएको छ ।

निर्वाचन प्रणाली कसरी समावेशी बनाएर महिलालाई विभिन्न निकायमा आजैदेखि ३३ प्रतिशत प्रतिनिधित्व गर्न सकिन्छ भन्नेदेखि लिएर जातीय आधारमा दलित  भनिने शिल्पी समुदायमाथिका विभेद हटाइ अरु अल्पसंख्यक समुदायमाथिको विभेद हटाउने र प्रतिनिधिमुलक निकायबाहेक अरु निकायमा पनि आरक्षण र कोटा प्रणाली मार्फत समावेशी बनाउँदै जाने भन्ने ढोका खुलेको छ । हजारौं वर्षदेखि रहेको विभेद रातारात समाप्त हुँदैन । तर, यसविरुद्ध हामी जागेको छौं, बुझेको छौ र सुरुवात गरेका छौं । अव संविधानलाई इमान्दारीतापुर्वक कार्यान्वयन गर्ने क्रममा आउँदा १०/२० वर्षमा नेपाल धेरै समान हुनेछ, धेरै समावेशी र समातामुलक हुनेछ । अव आउदा २०÷३० वर्षमा कुनैपनि वर्ग समुदायलाई आरक्षणको व्यवस्था नगरी हरेक क्षेत्रमा उनीहरूको योग्यताको आधारमा बराबरीको संख्यामा उनीहरू उपस्थित हुन सक्नेछन् । यो परिकल्पना र संकल्पका साथ यो संविधान बनेको छ ।

जती नै राम्रा कानुन आएपनि कार्यान्वयन पक्ष निकै फितलो छ ? यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?
हो, यो कार्यान्वयन गर्ने चुनौति हाम्रा अगाडी छँदैछ । यसको कार्यान्वयन कानुनद्वारा हुन्छ र कार्यान्वयन गर्ने जिम्मेवार निकाय सरकार, राजनीतिक दल र नागरिक समाज नै हुन् । कानुन बन्दैमा यो परिवर्तन पनि हुँदैन किनकी हजारौं वर्षदेखिको हाम्रो मानसिकता, मनोविज्ञानलाई परिवर्तन गर्न सामाजिक परिवर्तन हनु जरुरी छ । यसकारण यी सवैको सहयोगले नै यी विभेदलाई हटाउन सकिन्छ र समानता र समावेशीकरण स्थापित गर्न सकिन्छ । जसमा सरकार र राजनीतिक दलको अत्यन्त ठुलो भुमिका रहन्छ । राजनीतिक दलले आफ्नो कार्यक्रममा राखेर समाजमा सहि ढगंले जागृति ल्याएमात्र त्यो कानुन सहि ढंग कार्यान्वयन हुन्छ । केही हजार सुरक्षा निकाय र निजामती कर्मचारीले मात्रै कानुन लागु गर्न सक्दैनन् । कानुन कार्यान्वयन गराउने सवैभन्दा ठुलो भुमिका राजनीतिक दल र सामाजिक संघसंस्था कै हो  ।  राजनीतिक दलहरू र सामाजिक संघसंस्थाले यो जिम्मेवारीलाई आफ्नो नीति तथा कार्यक्रममा राख्दैनन् र जागृति फैल्याउँदैनन् भने ती राम्रा, सुन्दर, समावेशी र समानाताका लागि ल्याइएको कानुन समाजमा लागु हुँदैनन् । लागु त होला तर, निकै ढिलो हुन्छ र हामीले जुन छिटै परिणामको आशा गरेको छौ त्यो पनि ढिलो हुन जान्छ ।

????????????????????????????????????

नेपालमा घरेलु हिंसाविरुद्धको कानुन आएको ८ वर्ष भैसक्यो कार्यान्वयन राम्रो भा छैन । यसमा तपाइको पहल के हुन सक्छ ?
कानुनहरू समाजमा रहेका विकृति, विसंगती, असमानता र विभेदलाई हल गर्ने महत्वपुर्ण माध्यम हुन् । र यसको कार्यान्वयन महत्वपुर्ण पक्ष हो । कार्यान्वयनका निम्ति सरकार छ । उसका सयंन्त्रहरू छन्  तर, यीनलाई सहयोग गर्ने जनाधार, जनचेतना र जनजागरण भएनन् भने यसको प्रभावकारी कार्यान्वयन हुँदैन । त्यसकारण मैले मन्त्रालयको तर्फबाट मन्त्रालयका सवै संयन्त्रहरूलाई कानुन कार्यान्वयन गर्न प्रेरित गर्ने छु र अरु सरकारी निकायहरूलाई पनि विभेदित कानुन संशोधन गर्न र समानता कानुन कार्यान्वयन गर्न तदारुकताका साथ लागोस भनेर मेरो यसमा पनि प्रयत्न रहनेछ । साथै समाजमा यी कानुन कार्यान्वयन गराउन राजनीतिक दलहरू, बिशेष गरेर महिला समानता र हकका लागि लडिरहेका सामाजिक संघसंस्थाहरू अगाडी आएर यी कानुन कार्यान्वय गर्ने वातावरण बनाउन म आव्हान गर्छु ।
अघिल्लो सरकारले कार्यस्थलमा हुने यौन दुव्र्यवहार र बोक्सीविरुद्धको कसुर र सजाय ऐन ल्याएको छ । यसको कार्यान्वय गरी यी हिंसाबाट

पीडितलाई न्याय दिन  तपाइ के गनुृहुन्छ ?
सरकार एउटा निरन्तर उत्तराधिकारवाला संस्था हो । यस अघिका सरकार र मन्त्रीले ल्याएका ऐन कानुनलाई कार्यान्वयन गर्ने जिम्मेवारी हामीसँग छ । र यी कानुन कार्यान्वयन गर्ने वातावरण बनाउने काम मैले वहन गर्ने छु ।  मन्त्रालयमा महिलाका लागि कानुन र विधयेकका लागि जति काम भएका छन् यी सवै प्रभावकारी रुपमा आउन भन्ने कुरामा पहल गर्ने छु ।

राज्यका हरेक निकायमा महिला सहभागिताका लागि सरकार र यहाँको पार्टीले कस्तो भूमिका निभाउला ?
सवै क्षेत्रमा सरकार, पार्टी, संघसंस्था, सवै क्षेत्र अव लैगिंक रुपमा समावेशी हुनुपर्छ । संविधान मै व्यवस्था छ । यसमा हरेक राजनीतिक दलले आफ्नो संरचनालाई पनि समावेसी बनाउन कोशिस गर्नुपर्छ । यद्यपी हरेक निकायका आफ्नै नियम विधान हुन्छन् । यीनले अघि सारेका मापदण्ड पुरा गर्न महिला जनशक्ति तयार गर्न पनि राजनीतिक पार्टीहरू तयार हुनुपर्छ ।

प्रकाशित मिति २०७२ मंसिर ११ गते शुक्रवार
 

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: