राजकुमारी रानाको निधन


प्रकाशित मिति :2015-11-27 17:07:02

खेमा बस्नेत

कैलाली, मसिर ११ । कथति बोक्सीको आरोपमा मलमुत्र खुवाईएकी कैलाली वेलादेविपुर गाविस (हालको अत्तरिया नगरपालिका ३ निवासी राजकुमारी रानाको मृत्यु भएको छ । उनको ६५ वर्षको उमेरमा आफ्नै घरमा आज २ बजेतिर मृत्यु भएको हो ।

12308704_1175695535793756_4417333546268644355_nविगत एक हप्तादेखि वेहोस अवस्थामा रहेकी रानाको सेती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि बिहीवार मात्रै घर फर्काइएको थियो । अस्पतलाबाट घर ल्याइएको एक दिनपछि उनको निधन भएको रानाका छोरा दरवारी रानाले जानकारी दिए ।

रानाका अनुसार कथित बोक्सीको आरोपमा कुटपिट हुँदा आमाको टाउँकोमा लागेको चोटका कारण मृत्यु भएको हो । राजकुमारीको टाउँकोमा गम्भीर चोट लागेको कारण रगत जाम भएको छोरा दरवारीले बताए ।

रानालाई २०६९ साल चैत्र २३ गते धनसिंह राना, रामसिंह राना, मिरा राना, र रामकुमारीले राजकुमारीलाई बोक्सीको आरोप लगाउँदै उनीमाथि अमानविय व्यवहार प्रदर्शित गर्दै यातना दिएका थिए ।

विहान सुतिरहेकी राजकुमारीको घरमा प्रवेश गरी उनलाई निर्घात कुटपिट, केश मुण्डन समेत गरी कालोमोसो दलेका थिए । गुप्ताङगमा काठ घोचेर यातना दिइएको थियो ।

घटना लगत्तै पीडकलाई कानुनी कठ्घरामा ल्याएर राजकुमारीलाई उपचार गरिएको थियो । उनलाई यातना दिने पीडक मध्ये मिरा र रामकुमारी एक वर्षको जेल सजाय भुक्तान गरि घर फर्किएका छन् भने धनसिंह र रामसिंह राना भने अझै फरार छन् । त्यसै घटनापछि राजकुमारी मानसिक र शारिरीक अशक्त बनेकी थिइन् । उनी हाल घरमा बसेर आराम गर्दै आएकी थिइन् ।

उनको शनिवार आफ्नै संस्कार अनुसार अन्तेष्टि गरिने  छ । रानाका ४ छोरा १ छोरी र श्रीमान रहेका छन् । उनी कुरिती अन्त्य समाज कैलालीकी अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति २०७२ मंसिर ११ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: