पारिलो घाममा चित्रको आनन्द


प्रकाशित मिति :2015-11-30 15:01:29

सृजना अर्याल
चितवन, मंसिर १४ । उनीहरूको अगाडि ड्यासमा राखिएका कपी, कलम र कलर मिलाउन केहीलाई भ्याइनभ्याई थियो भने विद्यार्थी सादा कपीमा विभिन्न रगंले चित्र बनाउन व्यस्त थिए ।

विद्यालयले विद्यार्थीलाई चित्र कोर्ने प्रतियोगिता गरेको भने थिएन  । यो ब्रम्हाण्डिय शान्ति महासंघले पश्चिम चितवनको चित्रवन ६ मा रहेको जीवन ज्योति प्राविका विद्यार्थीका लागि उनीहरूको मनोभावना बुझ्न गराइएको अभ्यास थियो ।

IMG_2794 (2)

चित्रले नै विद्यार्थीको भावना चाहना र परिवेश बुभ्न सहज हुने भन्दै यो अभ्यास गराईएको संगठन चितवनका अध्यक्ष डाक्टर होम बहादुर  बस्नेतले बताउनुभयो । कार्यक्रमको सुरुवातमा नै विद्यार्थीलाई सो अभ्यास गराइएको थियो  । सो अवसरमा विश्व शान्ति संगठन चितवनले विद्यालयका ६५ जना विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरेको छ  ।

कार्यक्रमलाई ब्रम्हांडयि शान्ति महासंघ कोरियाका शान्तिदुत फ्रान्स दिजोङ र विश्व शान्ति संगठन यूकेकी प्रतिनिधि एलिजाबेथ दिजोङले विद्यार्थीका लागि शैक्षिक सामग्री र स्वीटरका लागि आर्थिक सहयोग गरेका थिए । दम्पती समेत रहेका उनीहरू केही दिन पहिले नेपाल आएका संघका प्रतिनिधिहरूले सो विद्यालयका विद्यार्थी पिछडिएका र गरिव परिवारका भएकाले सहयोग आग्रह गरेका रहेछन् । ब्रम्हाण्डिय विश्व शान्ति महासंघ चितवन र ग्रामिण विकास समाज नेपाल चितवनको सयुक्त आयोजनामा सो सामग्री वितरण गरिएको थियो ।

विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहित जाडोमा लगाउने विद्यालय पोशाकको स्वीटर र करिब ६५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको महासंघ चितवनका अध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँले पछि पनि विद्यार्थीको भावना र अभिभावकको भनाइका आधरमा सहयोगका अन्य कार्यक्रम महासंघ मार्फत गरिन लागेको समेत जनकारी गराउनुभयो ।
संगठन यूके कि प्रतिनिधी दिजोङले सो अवसरमा नमिल्ने साथीहरूसगँ दुश्मनी गर्न नहुने भन्दै सबै साथीभाईलाई सहयोग गरे विद्यालयको वातावरण राम्रो हुने सुझाव समेत विद्यार्थीलाई दिनुभयो ।
IMG_2744 (2)
कार्यक्रम सहयोगी संस्था ग्रामिण विकास समाज चितवनकी अध्यक्ष तारा गुरुङले गरिव परिवारका बालबालिका अध्ययन गर्ने जनताकै सक्रियतमा खोलीएको विद्यालय भएकाले सहयोग गरिएको बताउनु भयो  ।

कार्यक्रमकी प्रमुख अतिथि सांसद विष्णुमाया परियारले स्थानियको सक्रियतामा खोलिएका विद्यालयलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । सासंद परियाले मन्टेश्वरी कक्षा सञ्चालनको लागि ७० हजार रकम सहयोग गरिसकेको भन्दै आगामी दिनमा  आवश्यक परेमा सधैं सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी तोपमान सिहं गरुङ, चितवन समाज हंङकङका अध्यक्ष  ओमराज गुरुङ लाइन्स क्लव अफ चोैतारी सचिव विनु रायमाझी पौडेल , उषा बस्नेत लगायतले बोल्नु भएको थियो ।

IMG_2757 (2)

२०४६ साल पुष ९ गते स्थानियहरूले देउसी भैलो खेलेर जम्मा गरेको पैसाले विद्यालयको जग्गा किनिएको थियो ।
५ कोठा क्षेत्रफलमा रहेका सो  विद्यालयका भौतिक संरचना पनि स्थानियकै पहलमा निमार्ण गरिएको विद्यालय व्यवस्थापन समितिका संस्थापक  सदस्य विष्णु ढकालले बताउनुभयो ।

यसै वर्षदेखि सो विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गरिएको छ । मन्टेश्वरीमा स्थानियको आकर्षण बढ्दै गएको र हाल १८ जनाले अध्ययषन गरेको मन्टेश्वरी कार्यक्रम संयोजक भक्तबहादुर गरुङले बताउनुभयो ।

प्रकाशित मिति :२०७२ मंसिर १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: