सहकार्य र समन्वयले हिंसा घटाउन सकिन्छ :अध्यक्ष हुमागाई


प्रकाशित मिति :2015-11-30 15:13:11

महिला खबर

बुटवल, मंसिर १४ ।  महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईले सरोकारवालासंगको सहकार्य र समन्वयले मात्रै महिला हिंसा घटाउन सकिने बताउनु भएको छ ।

महिला आयोगले बुटवलमा आयोजना गरेको सञ्चारमाध्ययमसंग सम्बन्ध विस्तार सहकार्य तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सञ्चारमाध्ययमसंगको सहकार्यले हिंसा विरुद्धको अभियान अझ सशक्त बन्न सक्ने बताउनुभयो ।

हिंसा सहने बानी र नसुन्ने बानीले धेरै महिला हिंसामा परेको बताउँदै उहाँले यसका लागि महिलामैत्री नीति र नियत दुवै सबल हुन आवश्यक रहेको बताउनुभयो ।
mahila aayog  (2)
उजुरी गरेका महिला हिंसाका घटनामा ७० प्रतिशत घरेलु हिंसाका घटना भएको बताउँदै उहाँले महिला घरभित्रै सुरक्षित हुने वातावरण मिलाउनुपर्ने टिप्पणी गर्नुभयो ।

महिलाका सरोकारहरूमा गाउँतहसम्म पुग्न महिला आयोगलाई विकेन्द्रीत गर्नु आवश्यक रहेको बताउादै उहाँले यसकालागि महिला आयोग संवेदनशील भएको बताउनुभयो ।

पत्रकार महासंघ रुपन्देहीको समन्वयमा भएको कार्यक्रममा महिला आयोगको संरचनालाई जिल्लातहसम्म  पुर्याउन सञ्चारमाध्ययमसंगको सहकार्य बढाउन तालिम , छलफल , अन्तरक्रिया अवलोकन भ्रमणहरूलाई बढाउन पत्रकारहरूले सुझाव दिएका थिए ।

यसैगरी लेखनवृत्ति दिएर खोजमूलक समाचार लेख्न र त्यस्तो समाचार लेखेकालाई प्रोत्साहित गर्न पनि उनीहरूले सुझाएका थिए । समग्र महिला त्यसमा पनि सञ्चार क्षेत्रकै महिलालाई टिकाउन समस्या रहेको बताउँदै यसमा महिला आयोगको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।

सञ्चारको माध्ययमबाट महिला हिंसा न्युनिकरण र सशक्तिकरणमा सबै भन्दा ठूलो टेवा पुग्ने र महिला आयोगको लक्ष्य र उद्धेश्य पूरा हुने बताउँदै उनीहरूले मिडिया रणनीति बनाउन पनि सुझाव दिए ।

कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक ज्ञवाली, रुपन्देही पत्रकार महासंघका अध्यक्ष शेरबहादुर केसी, पत्रकार माया गौतम, इन्दिरा अर्याल, अमृता अनमोल, निरु गौतम, कल्पना तिवारी, इन्दिरा आचार्य, रिमा बिसी, विन्दु थापा, विष्णु घिमिरे, ओम पंगेनी लगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति २०७२ मंसिर १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: