महिला खवर
सुनसरी, मंसिर १४ । सुस्त मनस्थिती भएकी किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका खोटाङ हौंचुर ४ बस्ने २० बर्षीय नेपाल शंकर भनिने शेखरवहादुरलाई आइतवार जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको छ ।
घरमा कोही नभएको मौका पारेर गत कातिक १५ गते राती घरमा सुती रहेकी सुस्त मनस्थितिकी युवती बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो ।
उनलाई थुनामा राखेर थप अनुसन्धान गर्न अदालतले आदेश दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक विद्यानन्द माझीले बताउनुभयो ।
स्थानीय १८ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई जवर्जस्ती बलात्कार गरेको थिए । छिमेकीहरूले देखेपछि उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रकाशित मिति :२०७२ मंसिर १४ गते सोमवार
Comment Here!